Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

शिक्षाको पहुँच देशका कुनाकाप्चासम्म पुर्याउनुपर्ने टड्कारो चुनौति छः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षाको पहुँच देशका कुनाकाप्चासम्म पुर्याउनुपर्ने टड्कारो चुनौति रहेको बताए ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । वैज्ञानिक, प्राविधिक, व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा नराख्ने हो भने विद्यार्थीले सीप सिकेर रोजगारी प्राप्त गर्न सम्भव नरहेको बताए । उनले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो रहेको बताए । उनले दुर्गम ठाउँमा भौतिक पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । शैक्षिक सचेतनामुलक कार्यक्रमका माध्यमबाट शिक्षा नवप्रवर्तन, सिकाई सामग्री, प्राविधिक तथा व्यवसायिक शिक्षामा पहुँच अभिवृद्धि, विद्यार्थीका लागि खेल सामग्री व्यवस्थापन, अनुशासन जस्ता विषयमा ध्यान दिनसके समग्र मुलुककै शिक्षामा परिवर्तन हुने विश्वास व्यक्त गरे ।

सभापति देउवाले भने, ‘सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो छ । दुर्गम ठाउँमा भौतिक पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने आवश्यकता छ । शैक्षिक सचेतनामुलक कार्यक्रमका माध्यमबाट शिक्षा नवप्रवर्तन, सिकाई सामग्री, प्राविधिक तथा व्यवसायिक शिक्षामा पहुँच अभिवृद्धि, विद्यार्थीका लागि खेल सामग्री व्यवस्थापन, अनुशासन जस्ता विषयमा ध्यान दिनसके समग्र मुलुककै शिक्षामा परिवर्तन हुन्छ । सरकारले समस्या रहेका क्षेत्रको समाधानका लागि ध्यान आकृष्ट गर्ने नै छ । सरकारी तवरबाट व्यवसायिक शिक्षा प्रवद्र्धन गर्न समुचित र न्यायोचित हुन आवश्यक छ । वैज्ञानिक, प्राविधिक, व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा नराख्ने हो भने विद्यार्थीले सीप सिकेर रोजगारी प्राप्त गर्न सम्भव छैन । यसका लागि शिक्षाको पहुँच देशका कुनाकाप्चासम्म पुर्याउनुपर्ने टड्कारो चुनौति छ ।’

सभापति देउवाले आजको चुनौति आफ्नै गाउँ ठाउँमा गुणस्तरीय शिक्षा प्रदान गर्नु रहेको बताए । सामुदायिक विद्यालयहरुले मुलुकको शिक्षा विकासमा महत्वपूर्ण योगदान दिएको बताए ।


प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?