Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

किसानको मागअनुसार मल उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन


काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक समितिले किसानको मागअनुसार रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समिति सभापति ऋषिकेश पोखरेलले पालिकामार्फत किसानलाई मल, बीउ लगायतका कृषि सामग्री वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिए । सरकारले अहिले स्थानीय सहकारीहरूमार्फत अनुदानको मल तथा बिउ वितरण गर्दै आएको छ ।

बैठकले समितिको २३ औँ वार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । उक्त प्रतिवेदनलाई यही असार ३१ गते सदनमा पेस गर्ने तयारी छ ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?