Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

आगामी वर्ष कृषिजन्य उत्पादनको मूल्य वृद्धि हुन्छः सचिव शर्मा


काठमाडौँ। आगामी वर्ष कृषिजन्य उत्पादनको मूल्य वृद्धि हुने भएको छ ।

बिहीवार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस्तो बताएका हुन् । उनले अहिलेको अन्तर्राष्ट्रिय द्वन्द्वका कारण मूल्य बढ्ने बताए । अब नेपालको कृषिबारे सोच्ने बेला भइसकेको बताए । उनले आन्तरिक कृषि प्रवद्र्धन गर्ने मात्रै नभइ बजारीकरणमा ध्यान दिनुपर्ने र आयातित कृषिजन्य उत्पादलहरु निरुत्साहन गर्नेदिशामा अघि बढ्न जरुरी रहेको बताए । डोमेस्टिक प्रमोसन एण्ड नेशनल प्रोटेशनको पोलिसी जरुरी रहेको उनको भनाइ छ ।

उनले भने, ‘अब हाम्रो कृषिलाई सोच्ने बेला भइसक्यो । हामीले अहिलेसम्म गरेको काम भनेको हामी आन्तरिक रुपमा प्रवद्र्धनको काम गरेका छौँ । बीउमा अनुदान दिन्छौँ । मलमा, भण्डारणमा अनुदान दिन्छौँ । बजार पनि आन्तरिक बनाएका छौँ । सपोर्ट पनि गरेका छौँ । अझै व्यवस्थित हुन सकेको छैन । कृषि जोखिमपूर्ण व्यवसाय पनि हो । अबको पाटो भनेको देशभित्र उत्पादन भयो तर त्यसलाई बजार दिनुपर्छ । डोमेस्टिक प्रमोसन एण्ड नेशनल प्रोटेशनको पोलिसी जरुरी छ । आन्तरिक प्रवद्र्धन गरेर मात्रै भएन, राष्ट्रिय सुरक्षा पनि हामीले दिनुपर्छ । अर्को वर्ष कृषिजन्य वस्तुको उत्पादनको मूल्य बढ्ने स्थिति छ । अहिलेको अन्तर्राष्ट्रिय द्वन्द्वका कारण मूल्य बढ्नसक्छ ।’

समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या सिंचाईको रहेको बताए । उनले २२ लाख १८ हजार हेक्टर भूमिमात्रै कृषि चलनमा रहेको उल्लेख गरे । १२ लाख ९ हजार हेक्टरमा मात्रै सिंचाई भएको बताए । १२ लाख १६ हजार हेक्टरमा धान खेती गरिरहेको बताए ।

उनले भने, ‘कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या सिंचाईको छ । २२ लाख १८ हजार हेक्टर भूमिमात्रै कृषि चलनमा रहेको छ । १२ लाख ९ हजार हेक्टरमा मात्रै सिंचाई भएको छ । १० लाख हेक्टरमा अहिले पनि सिंचाई छैन । १२ लाख १६ हजार हेक्टरमा धान खेती गरिरहेका छौँ । सिंचाई भयो भने किसानले मलै नभएपनि खेती गर्दछन् । अनुत्पादन होला तर खती गर्दछन् ।’

सांसद भुसालले सिंचाई भएको खण्डमा किसानले मल नै नपाएपनि खेती गर्ने दाबी गरे ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?