Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

तराई–मधेसको सिंचाई र खानेपानीको समस्याप्रति सरकार गम्भीर छैनः सांसद यादव


काठमाडौँ। नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले तराई–मधेश क्षेत्रमा रहेको खानेपानी र सिंचाईको समस्या समाधान गर्ने सवालमा सरकार गम्भिर नदेखिएको भन्दै संसदीय समितिको ध्यानकर्षण गराएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीवारको बैठकमा बोल्दै सांसद यादवले यस्तो तराई क्षेत्रको सिंचाइ, मल र खानेपानीको समस्या समाधानतर्फ कुनैपनि तहको सरकार गम्भिर नरहेको बताएका हुन् । तराईलाई अन्नको भण्डार भनिएपनि पर्याप्त सिंचाई सुविधा नहुँदा हालसम्म २० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको यादवको भनाइ छ । उनले मौलिक हकमै उल्लेख गरिएको खानेपानीका समस्या समाधान गर्न समेत संघ, प्रदेश र स्थानीय तहको सरकार गम्भिर हुन नसकेको बताए ।

उनले भने, ‘सिंचाईं, खानेपानी र मलको विषयमा गम्भिरप्रश्न रहेको छ । नेपाल कृषि प्रधान देश हो । हिमाल, पहाड र तराई भएको देश हो । सबै ठाउँमा आफ्नै कृषि प्रणाली र रहनसहन छन् । तराईलाई अन्न भण्डार भनिन्छ तर त्यहाँ पानी परेको छैन, तिब्बत आएको पानीले बाढी आएको छ । त्यहाँ अहिले २० प्रतिशत मात्रै रापाइँ भएको छ । अहिले पानीका मुहानहरु सुकिसकेछन् । यसमा सरकार गम्भिर भएको छैन । तराई–मधेसमा रहेको खानेपानीको समस्यामा तीन तहको सरकार नै गम्भिर देखिदैन । तराई–मधेसको खानेपानीको समस्या समाधान गर्न संघीय सरकारले समितिले देओस् ।’

उनले समयमै मल वितरण नगरी सरकारले वर्षेनी किसानलाई धोका दिइरहेको पनि आरोप लगाए । उनले किसानलाई समयमै मल उपलब्ध गराउन आवश्यक पहलकदमी लिन समेत सरकारसँग आग्रह गरे ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?