Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कृषिलाई व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरीः सांसद ढुंगाना


काठमाडौँ। राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले कृषिलाई व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरी रहेको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशमा गरिबी घटाउनका लागि कृषिको व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरी रहेको बताए । कृषिको व्यवसायीकरणले विदेश गएका नेपालीहरुलाई स्वदेशमै रोजगारी दिन सकिने बताए । उनले आफैँ आत्मनिर्भर बन्दा देशको अर्थतन्त्रमा पनि ठूलो योगदान हुने बताए । उखु किसानलाई दिँदै आएको अनुदान कटौती गर्न नहुने बताए ।

सांसद ढुंगानाले भने, ‘यो देशमा गरिबी हटाउने हो, गरिबी समाप्त गर्ने हो भने कृषिलाई व्यवसायीकरण, व्यापारीकरण, कृषिको व्यवस्थापन गर्नुपर्छ । जसले गर्दा विदेशमा गएका ५५ लाख युवाहरु स्वदेशमै रोजगारी पाउनसक्छन् । हामी आत्मनिर्भर बन्नसक्छौँ । उखुमा ७० रुपैयाँ अनुदान दिन्थ्यो । अहिलेको बजेटमा त्यो ७० रुपैयाँ पनि काट्यो । उखु भनेको क्यासको खेती हो । उखुमा दिएको अनुदान पनि काट्दै हुनुहुन्छ भने कसरी कृषिलाई बलियो बनाउन सक्नुहुन्छ ?’

सांसद ढुंगानाले कृषि क्षेत्रलाई बलियो बनाउन माग गरे ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?