Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कृषिलाई व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरीः सांसद ढुंगाना


काठमाडौँ। राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले कृषिलाई व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरी रहेको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशमा गरिबी घटाउनका लागि कृषिको व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरी रहेको बताए । कृषिको व्यवसायीकरणले विदेश गएका नेपालीहरुलाई स्वदेशमै रोजगारी दिन सकिने बताए । उनले आफैँ आत्मनिर्भर बन्दा देशको अर्थतन्त्रमा पनि ठूलो योगदान हुने बताए । उखु किसानलाई दिँदै आएको अनुदान कटौती गर्न नहुने बताए ।

सांसद ढुंगानाले भने, ‘यो देशमा गरिबी हटाउने हो, गरिबी समाप्त गर्ने हो भने कृषिलाई व्यवसायीकरण, व्यापारीकरण, कृषिको व्यवस्थापन गर्नुपर्छ । जसले गर्दा विदेशमा गएका ५५ लाख युवाहरु स्वदेशमै रोजगारी पाउनसक्छन् । हामी आत्मनिर्भर बन्नसक्छौँ । उखुमा ७० रुपैयाँ अनुदान दिन्थ्यो । अहिलेको बजेटमा त्यो ७० रुपैयाँ पनि काट्यो । उखु भनेको क्यासको खेती हो । उखुमा दिएको अनुदान पनि काट्दै हुनुहुन्छ भने कसरी कृषिलाई बलियो बनाउन सक्नुहुन्छ ?’

सांसद ढुंगानाले कृषि क्षेत्रलाई बलियो बनाउन माग गरे ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?