Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

यस्तो छ ‘ज्याकी : आई एम ट्वान्टी वान’?


२५ वैशाख ,काठमाडौँ । गत हप्तादेखि नयाँ चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ प्रदर्शनरत छ । बनिरहेका चलचित्रको भिडमा यो फरक देखिएको छ । किनकि नृत्यलाई प्रमुख विषय बनाएर यसको कथा भनिएको छ । नृत्य निर्देशनमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल रिनाशा राई राणाले यसको निर्देशन गरेका छन् ।

उनको यो दोस्रो निर्देशकीय चलचित्र हो तर, दर्शकलाई पर्दामा निर्मित पात्रसँग जोड्न नसक्दा यसले नत राम्रो समीक्षा नै पाइरहेको छ नत राम्रो व्यापार नै गर्न सकेको छ । पात्रहरुले आफ्ना उद्देश्य प्राप्तिका लागि प्रयत्न गर्दा आइपर्ने व्यवधान नै अवरोध हुन् । अवरोध नभएमा पात्रलाई उद्देश्य प्राप्त गर्न सहज हुन्छ । सहजताले दिएको सफलताले अन्यलाई प्रभाव पार्दैन।

चलचित्रमा प्रमुख पात्रले आफ्नो उद्देश्य प्राप्तिका लागि खासै अवरोधहरुको सामना गर्दैनन् । तसर्थ उसको उद्देश्य प्राप्ति सजिलै हुन्छ । द्वन्द्व सिर्जनामा चुक्दा दर्शकले पात्रसँगै यात्रा गर्दैनन् । धराने केटो ज्याकी लिम्बू (धीरज मगर) मै केन्द्रित रहेको चलचित्रमा उनको पहिचान नृत्यले स्थापित गरेको हुन्छ तर, ज्याकीका बुबा छोरालाई लाहुरे बनाउन चाहन्छन् ।

जेठा दाजु मिलनमार्फत पूरा नभएको सपना ज्याकीमाथि लादिएको छ । एकतर्फ बुबाको चाहना अर्कोतर्फ आफ्नो गन्तव्य । ज्याकी अलमलमा रहँदा नै एउटा घटनाले उनलाई काठमाडौँसम्म ल्याउँछ । ज्याकीझैँ रुबी (जसिता गुरुङ)को पनि सपना नृत्य नै हो । उनलाई आफ्नो भविष्य नृत्यकार भएर बनाउनु छ तर, घरमा आमाबाहेक उनको यो सपनामा साथ दिने कोही छैन । काठमाडौँमा यी दुईको भेट हुन्छ । एउटै गन्तव्य भएकाले सहकार्य गर्छन् । यी दुई पात्रले आफ्नो सपना पुरा गर्ने सन्दर्भमै ‘ज्याकी :आई एम ट्वान्टी वान’को बाँकी कथा प्रस्तुत गरिएको छ ।

हिपहप डान्सलाई सुन्दर ढङ्गबाट प्रस्तुत गरिएको छ । सङ्गीतको तालअनुसारका नृत्यका स्टेपको प्रस्तुती आकर्षक देखिन्छ। नृत्यझैँ कथालाई पर्दामा विश्वासिलो ढङ्गमा प्रस्तुत गर्न नसक्दा निर्देशक राईले राम्रो चलचित्र दिन सकेका छैनन्। प्रमुख पात्रले सहजै गन्तव्य तय गर्न थालेपछि दर्शक जोडिँदैनन् । चलचित्रको सङ्गीत र यसमा देखाइएको नृत्यहरू धेरै मात्रामा प्रभावित भएको देखिन्छ ।

आफ्नो पात्रलाई जीवन्त बनाउन अभिनेता मगर, अभिनेत्री गुरुङसँगै अभिनेता अरुण क्षेत्रीले गरेको मेहनत देखिएता पनि प्रस्तुतीका कारण त्यो महसुश गर्न सकिँदैन । निर्माण समूहले उल्लेखित कलाकारलाई नृत्यको प्रशिक्षण नै दिएर चलचित्र निर्माण गरेको थियो । नेपाली चलचित्रमा आफ्नो पात्र निर्माणमा यस किसिमको मेहनत निकै कम कलाकारले गर्ने गरेका छन् ।

यद्यपि विषय र त्यसको प्रस्तुतीको कारण त्यो फिक्का देखिएको छ । एउटा गीतलाई उत्कृष्ट बनाउन निर्देशक राणाले गर्ने मेहनत चलचित्रमा देखिएको छैन । त्यसैले चलचित्र हेरिरहँदा कहीँकतै नृत्य रियालिटी सो हेरेजस्तो पनि लाग्छ तर, हिपहपका नृत्य रुचाउने, भूमिगत नृत्य गर्ने समूहलाई भने यसले आकर्षण गर्न सक्छ । किनकि चलचित्रमा कथा नभई नृत्य नै नृत्य छ ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?