Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः राजेश हमाल


काठमाडौँ।महानायक राजेश हमालले कलाकारिताका विभिन्न विधाहरूमध्ये हास्य विधा (कमेडी) सबैभन्दा चुनौतीपूर्ण रहेको बताएका छन् । ललितपुरमा आईतवार आयोजित नेपालको पहिलो ‘कमेडी एक्ट’ मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा कार्यक्रममा सम्बोधन गर्दै हमालले मानिसलाई हँसाउनु अत्यन्तै कठिन कार्य भएको उल्लेख गरेका छन् । हास्य विधामा क्रियाशील कलाकारहरूप्रति आफ्नो उच्च सम्मान रहेको बताउँदै उनले यस विधालाई जटिल कलाको रूपमा अथ्र्याएका छन् । सो क्रममा उनले कार्यक्रममा उपस्थित कलाकार रविन्द्र झाको प्रसंग उल्लेख गर्दै हास्य कलाकारहरूको प्रश्तुत गर्ने शैली र शिल्पको प्रशंसा समेत गरेका छन् । आफू स्वयं हास्य विधासँग सम्बन्धित यस रियालिटी शोको हिस्सा हुन पाएकोमा हमालले खुशी व्यक्त गरे । ‘सुपर कमेडी लिग’ को घोषणासँगै नेपाली मनोरञ्जन क्षेत्रमा यसले नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । हमालले भने, ‘भावनामा आएर कसैलाई रुवाउन वा माया–प्रितीका कुराहरू प्रश्तुत गर्न सहज भए पनि प्रश्तुतिमार्फत कसैलाई हँसाउनु निकै चुनौतीपूर्ण हुन्छ । यो व्यक्तिको ’सेन्स अफ ह्युमर’ सँग प्रत्यक्ष जोडिने विषय हो ।’ अभिनेता रविन्द्र झाले ‘सुपर कमेडी लिग’ लाई आफ्नो लागि एउटा महत्वपूर्ण सिकाईको केन्द्र भएको बताए । उनले यस कार्यक्रममा आफूले पाएको जिम्मेवारी भन्दा पनि यहाँबाट प्राप्त हुने अनुभव र ज्ञानलाई बढी प्राथमिकता दिने बताएका छन् । अभिनेता झाले कार्यक्रममा महानायक राजेश हमालको उपस्थितिलाई मुख्य आकर्षणको रूपमा उल्लेख गरेका छन् । यस लिगमार्फत नयाँ तथा पुराना कलाकारहरूको संगम हुने र सबैबाट केही न केही नयाँ कुरा सिक्न पाइने आशा झाले व्यक्त गरे । यद्यपि, शोको प्राविधिक र अन्य पक्षबारे विस्तृत टिप्पणी गर्न भने केही समय कुर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘यो शो मेरा लागि एउटा स्कुल हो, जहाँ म शिक्षकको भूमिकामा छु भने राजेश दाइ (राजेश हमाल) प्रधानाध्यापक हुनुहुन्छ । उहाँसँग सहकार्य गर्न पाउनु र उहाँबाट धेरै कुरा सिक्न सकिने अवसर हुनु मेरा लागि खुशीको कुरा हो । जबसम्म केही एपिसोडहरू प्रसारण हुँदैनन्, तबसम्म यसका बारेमा धेरै बोल्नु भन्दा पनि कामबाटै देखाउनु राम्रो हुन्छ ।’ नेपालमा कमेडी विधामा नयाँ प्रयोगका रूपमा हेरिएको यस रियालिटी शोले कलाकारहरूका लागि रचनात्मक प्लेटफर्म प्रदान गर्ने अपेक्षा गरिएको छ । अभिनेतृ सुरक्षा पन्तले टिम क्याप्टेनको रूपमा आफ्नो उपस्थिति रहने जानकारी दिएकी छिन् । अभिनेत्री पन्तले यस शोको अवधारणाले आफूलाई निकै आकर्षित गरेको बताइन् । पारिवारिक र सौहार्दपूर्ण वातावरणमा हेर्न मिल्ने हास्य–व्यङ्ग्यात्मक कार्यक्रमले नेपाली समाजमा छुट्टै पहिचान बनाउने विश्वास उनले व्यक्त गरिन् । पन्तकाअनुसार यो शो ओझेलमा परेका प्रतिभाहरूका लागि उत्कृष्ट मञ्च सावित हुनेछ । आफ्नो नयाँ भुमिकाका बारेमा चर्चा गर्दै अभिनेत्री पन्तले क्याप्टेनको जिम्मेवारीलाई एक व्यक्तिगत चुनौतीको रूपमा लिएको उल्लेख गरिन् । कुनैपनि टोलीलाई एउटा निश्चित दृष्टिकोण (भिजन) मा डोहो¥याउँदै उत्कृष्ट प्रदर्शन गराउनु आफ्नो लागि नेतृत्व कौशल सिक्ने एउटा अवसर भएको उनको भनाइ छ । उनले भनिन्, ‘हाम्रो समाजमा धेरै प्रतिभाशाली व्यक्तिहरू हुनुहुन्छ, जसले उचित प्लेटफर्मको अभावमा आफ्नो कला लुकाएर बस्नुभएको छ । त्यस्ता लुकेका प्रतिभाहरूलाई एउटा वृहत् मञ्च प्रदान गर्नु नै यो लिगको सबैभन्दा ठूलो सफलता हुनेछ । मेरो अनुहार केही गम्भीर देखिने भएकाले होला, मलाई कमेडी जनरामा खासै अफरहरू आउँदैनन् । तर म आफैँ यो विधालाई मन पराउँछु र यो कार्यक्रममार्फत म आफ्नो व्यक्तिगत वृद्धिसँगै नयाँ अनुभव बटुल्न उत्साहित छु ।’ सामान्यतया पर्दामा गम्भीर चरित्रहरूमा देखिने सुरक्षाले आफू व्यक्तिगत रूपमा कमेडी विधाको ठूलो प्रशंसक रहेको बताइन् । नेपालमा पहिलोपटक शुरु हुन लागेको यो ‘कमेडी एक्ट’ रियालिटी शोले नेपाली हास्य क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

काठमाडौँ।महानायक राजेश हमालले कलाकारिताका विभिन्न विधाहरूमध्ये हास्य विधा (कमेडी) सबैभन्दा चुनौतीपूर्ण रहेको बताएका छन् ।

ललितपुरमा आईतवार आयोजित नेपालको पहिलो ‘कमेडी एक्ट’ मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा कार्यक्रममा सम्बोधन गर्दै हमालले मानिसलाई हँसाउनु अत्यन्तै कठिन कार्य भएको उल्लेख गरेका छन् । हास्य विधामा क्रियाशील कलाकारहरूप्रति आफ्नो उच्च सम्मान रहेको बताउँदै उनले यस विधालाई जटिल कलाको रूपमा अथ्र्याएका छन् । सो क्रममा उनले कार्यक्रममा उपस्थित कलाकार रविन्द्र झाको प्रसंग उल्लेख गर्दै हास्य कलाकारहरूको प्रश्तुत गर्ने शैली र शिल्पको प्रशंसा समेत गरेका छन् । आफू स्वयं हास्य विधासँग सम्बन्धित यस रियालिटी शोको हिस्सा हुन पाएकोमा हमालले खुशी व्यक्त गरे । ‘सुपर कमेडी लिग’ को घोषणासँगै नेपाली मनोरञ्जन क्षेत्रमा यसले नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

हमालले भने, ‘भावनामा आएर कसैलाई रुवाउन वा माया–प्रितीका कुराहरू प्रश्तुत गर्न सहज भए पनि प्रश्तुतिमार्फत कसैलाई हँसाउनु निकै चुनौतीपूर्ण हुन्छ । यो व्यक्तिको ’सेन्स अफ ह्युमर’ सँग प्रत्यक्ष जोडिने विषय हो ।’

अभिनेता रविन्द्र झाले ‘सुपर कमेडी लिग’ लाई आफ्नो लागि एउटा महत्वपूर्ण सिकाईको केन्द्र भएको बताए । उनले यस कार्यक्रममा आफूले पाएको जिम्मेवारी भन्दा पनि यहाँबाट प्राप्त हुने अनुभव र ज्ञानलाई बढी प्राथमिकता दिने बताएका छन् । अभिनेता झाले कार्यक्रममा महानायक राजेश हमालको उपस्थितिलाई मुख्य आकर्षणको रूपमा उल्लेख गरेका छन् । यस लिगमार्फत नयाँ तथा पुराना कलाकारहरूको संगम हुने र सबैबाट केही न केही नयाँ कुरा सिक्न पाइने आशा झाले व्यक्त गरे । यद्यपि, शोको प्राविधिक र अन्य पक्षबारे विस्तृत टिप्पणी गर्न भने केही समय कुर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘यो शो मेरा लागि एउटा स्कुल हो, जहाँ म शिक्षकको भूमिकामा छु भने राजेश दाइ (राजेश हमाल) प्रधानाध्यापक हुनुहुन्छ । उहाँसँग सहकार्य गर्न पाउनु र उहाँबाट धेरै कुरा सिक्न सकिने अवसर हुनु मेरा लागि खुशीको कुरा हो । जबसम्म केही एपिसोडहरू प्रसारण हुँदैनन्, तबसम्म यसका बारेमा धेरै बोल्नु भन्दा पनि कामबाटै देखाउनु राम्रो हुन्छ ।’

नेपालमा कमेडी विधामा नयाँ प्रयोगका रूपमा हेरिएको यस रियालिटी शोले कलाकारहरूका लागि रचनात्मक प्लेटफर्म प्रदान गर्ने अपेक्षा गरिएको छ । अभिनेतृ सुरक्षा पन्तले टिम क्याप्टेनको रूपमा आफ्नो उपस्थिति रहने जानकारी दिएकी छिन् । अभिनेत्री पन्तले यस शोको अवधारणाले आफूलाई निकै आकर्षित गरेको बताइन् । पारिवारिक र सौहार्दपूर्ण वातावरणमा हेर्न मिल्ने हास्य–व्यङ्ग्यात्मक कार्यक्रमले नेपाली समाजमा छुट्टै पहिचान बनाउने विश्वास उनले व्यक्त गरिन् । पन्तकाअनुसार यो शो ओझेलमा परेका प्रतिभाहरूका लागि उत्कृष्ट मञ्च सावित हुनेछ । आफ्नो नयाँ भुमिकाका बारेमा चर्चा गर्दै अभिनेत्री पन्तले क्याप्टेनको जिम्मेवारीलाई एक व्यक्तिगत चुनौतीको रूपमा लिएको उल्लेख गरिन् । कुनैपनि टोलीलाई एउटा निश्चित दृष्टिकोण (भिजन) मा डोहो¥याउँदै उत्कृष्ट प्रदर्शन गराउनु आफ्नो लागि नेतृत्व कौशल सिक्ने एउटा अवसर भएको उनको भनाइ छ ।

उनले भनिन्, ‘हाम्रो समाजमा धेरै प्रतिभाशाली व्यक्तिहरू हुनुहुन्छ, जसले उचित प्लेटफर्मको अभावमा आफ्नो कला लुकाएर बस्नुभएको छ । त्यस्ता लुकेका प्रतिभाहरूलाई एउटा वृहत् मञ्च प्रदान गर्नु नै यो लिगको सबैभन्दा ठूलो सफलता हुनेछ । मेरो अनुहार केही गम्भीर देखिने भएकाले होला, मलाई कमेडी जनरामा खासै अफरहरू आउँदैनन् । तर म आफैँ यो विधालाई मन पराउँछु र यो कार्यक्रममार्फत म आफ्नो व्यक्तिगत वृद्धिसँगै नयाँ अनुभव बटुल्न उत्साहित छु ।’

सामान्यतया पर्दामा गम्भीर चरित्रहरूमा देखिने सुरक्षाले आफू व्यक्तिगत रूपमा कमेडी विधाको ठूलो प्रशंसक रहेको बताइन् । नेपालमा पहिलोपटक शुरु हुन लागेको यो ‘कमेडी एक्ट’ रियालिटी शोले नेपाली हास्य क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: २४ श्रावण २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?