Trending
>>   लुम्बिनी लायन्स शिर्षमा >>   नेपालमा क्रिकेटको प्रतिभा देखेर प्रभावित छु, आगामी वर्ष पनि एनपीएल खेल्न आउँछुः आन्द्रे रसेल >>   ‘पत्रकारमाथिको धरपकडमा सरकारको अनुमति थिएन,प्रहरीले पक्राउ गरेको हो’ >>   देशमा जनतालाई चिमोट्ने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति बढ्योः प्रचण्ड >>   अदालतमा हुने मेलमिलापको दर न्युन छः कानून सचिव ढुङ्गाना >>   एमालेका असन्तुष्ट नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन माधव नेपालको आह्वान >>   संसद बैठक तत्काल बोलाउन सभामुखसँग काँग्रेस र एमालेको माग >>   न्यायधीशमाथीको महाभियोगबारे सत्तारुढ दलले विपक्षी दलसंग संवाद गर्नुपर्छः आङ्देम्बे >>   रास्वपा नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गरेनः प्रकाशशरण महत >>   फौजदारी कानून आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैनः सोविता गौतम
Logo
१८ कार्तिक २०८३, बुधबार
१८ कार्तिक २०८३, बुधबार

एउटा फूलबारी


सागर फुयाल, काठमाडौं, नेपाल

ओ प्रिय,
मेरो समीप आउँदा
यो “सागर” सँग
कहाँबाट आयो यतिका सुवासहरू भनेर
तिमी नअलमलिनु

नबिर्स प्रिय,
म यात्री थिएँ एउटा फूलबारीको
जहाँ मुस्कुराउँथे
जाही, जुही र गुलाफहरू
अनि बित्थे मेरा दिनहरू
तिन्कै दृश्य, दर्शक र द्रष्टा बनेर

त्यसैले प्रिय,
फैलिएका यी सुवासहरू
तिनै फूलका परागका हुन्
जुन उड्दै उड्दै
छाइदिए मेरो आभाभरि
सद्भाव र प्रेमको कथा बनेर!


प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?