Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

बडिकेदारमा सोलार मिनीग्रेड जडान


३० चैत्र ,दिपायल । डोटीमा पहिलोपटक एक सय किलोवाट क्षमताको सोलार मिनिग्रेड जडान गरिएको छ । जिल्लाको दक्षिण भेगमा रहेको बडिकेदार गाउँपालिका–५ लानाकेदारेश्वरमा नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रु सात करोड १२ लाख र बडिकेदार गाउँपालिकाको रु ७९ लाख गरी सात करोड ९१ लाख ९३ हजार छ सय ३५ लागतमा टपसान इनर्जी प्रालि नागार्जुन काठमाडौँ नामक कम्पनीले मार्कोट सौर्य मिनीग्रेड परियोजना निर्माण गरिएको हो ।

विसं २०७९ असारमा सम्झौता गरी २०८० साल वैशाखभित्र सक्ने गरी सम्झौता भएको थियो । सो सम्झौताअनुरुप निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जानएको छ । मार्कोटमा स्थापना गरिएको एक सय सौर्य मिनीग्रेडबाट त्यस क्षेत्रका करिब दुई सय ९० घरधुरीमा जडान गरिएको टपसान इनर्जी प्रालि नागार्जुन काठमाडौँले जनाएको छ । एक सय किलोवाट सौर्य मिनीग्रेडबाट बडिकेदार गाउँपालिका–५ का मार्कोट, बस्तोला, थानकोट, गडीगाउँ, कुन्थला, धमिगाउँ, सुनडालगायत गाउँमा सोलारबाट बिजुली जडान गरिएको छ ।

वर्षौंदेखि सल्लाको झोरो टुक्की बालेर अन्धकारमा बस्दै आएका स्थानीय सोलार मिनीग्रेडबाट बत्ती बल्ने भएपछि स्थानीयवासी खुसी भएको बडिकेदार–५ मार्कोटका स्थानीयवासी केशव भुलले बताए । सोलार मिनीग्रेड जडान भएपछि विभिन्न व्यवसाय सञ्चालन गर्न सकिने पनि भुलले बताए ।

विद्युत् सेवाबाट वञ्चित रहेको डोटीका स्थानीय तहमध्ये बडिकेदार गाउँपालिका हो । गाउँपालिकामा स्थानीय लघु विद्युत् उत्पादन छैन । साथै उक्त गाउँपालिकालाई राष्ट्रिय प्रसारण विद्युत् लाइनले पनि छोएको छैन । पछिल्लो समय बडिकेदार गाउँपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा सोलार मिनीग्रेड जडान भएपछि त्यस क्षेत्रका नागरिक हर्षित भएका छन् ।

गाउँमा विद्युत् जडानले गाउँकै मुहार फेरिएको शिक्षक लोकेश धामीले बताए । नागरिकसँग प्रत्यक्ष जोडिएको शिक्षा, खानेपानी, स्वास्थ्य, यातायातसँगै विद्युत् पनि आवश्यक हो । सोलार मिनीग्रेड जडानले अँध्यारो गाउँबस्तीलाई उज्यालोमा परिणत गरेको छ ।

उज्यालोसँगै व्यापार व्यवसायी गर्न सहज भएको बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए । विद्युत्को पहुँच नपुगेको बडिकेदार–५ लानाकेदारेश्वरमा तत्काल यहाँका सर्वसाधारणलाई बत्ती दिने उद्देश्यले यो काम गरिएको अध्यक्ष साउदले बताए ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?