Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

नेपाल इभि युगमा गइसक्योः मन्त्री दाहाल


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल इभीको युगमा प्रवेश गरिसकेको बताएका छन् ।

दिगो, सुरक्षीत, वातावरणमैत्री यातायातको सुरुआत गरिसकेकाले अब यसलाई कसैले रोक्न नसक्ने उनले बताएका हुन् । महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले यातायात पूर्वाधारको क्षेत्रमा नेपालपछि नै रहेपनि केही वर्षको दौरानमा धेरै प्रगति भइरहेको बताए । उनका अनुसार पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग र उत्तर दक्षिणका करिडोर रहर लाग्दो तवरले बनिरहेका छन् । उनले मुलुकलाई संघीय संरचनामा लगेपछि कतिपय दुविधा देखिएको बताए ।

दाहालका अनुसार संघले गर्ने काम प्रदेशले र प्रदेशले गर्ने काम कतिपय स्थानीय तहले गरिरहेका छन् । यसमा संघले समन्वय गरेर दुविधा हटाउन खोजिरहेको छ । मन्त्री दाहालकाअनुसार डाइभिङ लाइसेन्सको समस्या हल भएको छ । उनले आफू मन्त्री भएर आएपछि अनवरत प्रयत्न गरेर समस्या हल गरेको बताए । अब लाइसेन्स दिने काम प्रदेशको भएकाले साउन १ देखि प्रदेशले नै दिने उनको भनाइ छ । दिगो भरपर्दो वातावरणमैत्री सडक बनाउन सरकार लागिरहेको छ । अहिले विश्व बैंक, एडीबी, जाइकाको सहयोगमा सडक पूर्वाधार बनिरहेको उनको भनाई छ ।

भौतिक पूर्वाधार मन्त्री दाहालले भने– ‘पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग बनिरहेका छन् । उत्तर दक्षिणका करिडोर रहर लाग्दो तवरले बनिरहेका छन् । यी करिडोरलाई हामीले त्रिदेशीय कनेक्टीभिटीका रुपमा करिडोरलाई विकास गर्दछौं । जसले भारत, नेपाल चीन जोड्न सघाउ पुग्नेछ । संसारका ठूला देशहरुलाई जोड्न सकियो भने धेरै लाभ लिन सक्नेछौं ।’

अब सार्वजनिक गाडीहरुमा क्यासलेस सिस्टम लागू गर्नुपर्ने उनले बताए । साना गाडीहरु विस्थापन गर्ने नीति सरकारको रहेको उनको भनाई छ । मन्त्री दाहालले नेपाल सरकारले जामलाई कसरी व्यवस्थित गर्ने काम गरिरहेको बताउँदै यातायात व्यवसायीहरुसँग बसेर यातायातका समस्याका बारेमा छलफल गर्न आफू तयार रहेको बताए ।


प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?