Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

अब इभीको कारखाना नेपालमै खोल्नुपर्छ– यातायात सचिव शर्मा


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अब विद्युतीय गाडीहरु नेपालमै बनाउनुपर्ने बताएका छन् ।

महानगर यातायात प्रा.लि.को विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपालमा विद्युतीय गाडी (इभी) को प्रयोग बढेर गएको बताउँदै नेपालमै कारखाना खोल्दा गाडीको मूल्य कम पर्ने र व्यवस्थापनमा समेत सघाउ पुग्ने बताए । उनका अनुसार अब साना गाडीहरु प्रतिस्थापन गर्नुपर्छ । शहरमा वातावरणमैत्री ठूला सिटी बसहरु चलाउनुपर्छ । सरकारले सार्वजनिक यातायातमा धेरै लगानी गर्न नसकेको बताउँदै निजी क्षेत्रले गरेको लगानी प्रभावकारी रहेको बताए ।

सचिव शर्माले भने–‘विद्युतीय यातायात नेपालको परिपक्षेमा महत्वपूर्ण छ । किनकी इन्धन आयातमा ठूलो रकम बाहिरीरहेको अवस्थामा यसलाई विस्तार गरियो भने बिजुलीको सदुपयोगसँगै अबौँ रकम बाहिर जानबाट जोगिन्छ । सार्वजनिक यातायातमा महानगरले जुन सुरु गरेको छ, यो सकारात्मक छ । काठमाडौं सानो छ, पाकिङ गर्न समस्या छ । साना गाडीहरु हटाउनुपर्छ । नेपालमा इभी फ्याक्टी बनाउन पायौं भने स्पेयर्स बन्ने र गाडीको मूल्य समेत सस्तो पर्छ । यसमा लगानी गर्न आह्वान गर्छु ।’

विदाको दिन आफू महानगर यातायात चढ्ने गरेको बताउँदै उनले यातायात क्षेत्रलाई भरपर्दो, सुरक्षित, वातावरण मैत्री बनाउनुपर्ने बताए । कार्यक्रममा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायात सुधारका लागि सरकारले बनाएका कार्यदलहरुका प्रतिवेदन त्यतिकै दराजमा थन्काइएकोप्रति असन्तुष्टी पोखे । उनले त्यस्ता प्रतिवेदनहरु कार्यान्वयनमा लगिए अहिले सार्वजनिक यातायातमा देखिएका धेरैजसो समस्या हल हुने दाबी गरे ।

अध्यक्ष स्वाँरले भने–‘सार्वजनिक यातायात सुधार सुझाव प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ । रुट परिवर्तनसँगै नीतिहरु पनि परिवर्तन गरिएन भने अस्वस्थ प्रतिष्पर्धा बढ्छ । त्यस्तो अस्वस्थ्य प्रतिष्पर्धा हटाउनुपर्छ होइन भने व्यवसायीहरुको लगानी डुब्छ ।यातायात क्षेत्रको सुधारका लागि बनेका प्रतिबेदनहरु अहिले दराजमा थन्काउने काम भएको छ । यो ठिक होइन ।’

सोही कार्यक्रममा सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले पछिल्लो समय इभी गाडीहरु चिनबाट आएको तर त्यसको गुणस्तर परिक्षण हुन नसकेको बताए । उनका अनुसार भारतबाट आउने गाडीमा खासै समस्या छैन तर चीनबाट आउने गाडीहरुमा आशंका छ ।

अध्यक्ष खनालले भने–‘विद्युतीय सबारी साधन व्यवस्थापन गर्न राज्य चुक्नु हुँदन । विद्युतीय सवारी सम्बन्धिको नीति बन्दैछ । यो सकारात्मक छ । आफ्नो मनपरीमा गाडीहरु भित्र्याउने र कम्पनीहरु भाग्ने प्रवृत्ति देखिन थालेको छ यसमा राज्य सजग हुनुपर्छ ।’

उनले राइड शेयरिङ व्यापार भएकाले त्यसलाई कडा नियमन गर्नुपर्ने बताए । खनालकाअनुसार यातायात ऐनले कालो प्लेट राख्नेले यातायात बोक्न पाउने नीति छ । जुनसुकैले प्लेटले व्यापार गर्ने हो भने कानूनको अर्थ रहँदैन । राइड शेयरिङले पुँजी पलायन गरिरहेको बताउँदै यसमा राज्यको ध्यान जानुपर्ने उहाँको भनाइ रहेको छ ।


प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?