Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

नयाँवर्षको शुभारम्भमा ‘ठमेल सडक महोत्सव’ हुने


२८ चैत ,काठमाडौँ । नेपाली नयाँ वर्ष २०८० को शुभारम्भमा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले ‘ठमेल सडक महोत्सव’ हुन लागेको हो ।

परिषद्ले आज पत्रकार सम्मेलन गरी नयाँ वर्षको पूर्वसन्ध्यामा चैत ३० गते साँझ ठमेलमा सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष भविश्वर शर्माले नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउनका लागि महोत्सव आयोजना गर्न लागेको जानकारी दिए । “नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलभित्रको सडकमा विभिन्न स्टल राखेर खाना र वस्तुको प्रदर्शनी गर्नुका साथै तथा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत हुनेछन्”, अध्यक्ष शर्माले भने ।

साँझ ७ बजेदेखि सुरु हुने कार्यक्रम नयाँ वर्षलाई स्वागत गरेर राति १२ः३० बजे समापन हुने परिषद्ले जनाएको छ । अध्यक्ष शर्माले पछिल्लो समय नेपालमा विदेशी पर्यटकको सङ्ख्या बढेको जानकारी दिँदै यसले ठमेलका व्यवसायीमा नयाँ आशा जगाएको बताए ।

परिषद्का महासचिव राजीव पाण्डेले ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यका रूपमा परिचित गराउने नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

महोत्सवले विदेशमा ठमेलको बारेमा सकारात्मक सन्देश जाने उहाँको भनाइ थियो । उक्त सडक महोत्सवमा एक लाख आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता रहने परिषद्ले अपेक्षा राखेको छ ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?