तेस्रो संस्करणको ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२३’ मा प्रस्तिस्पर्धा गरिरहेका अन्तिम एक्काइस प्रतियोगीमध्ये विजेता छान्न ‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्गकार नेपाल आएका छन् । बुधबार साँझ नेपाल आइपुगेका मौलिङ्गकारले टप मोडल राउण्ड, स्वीमर राउण्ड, प्रि–जज राउण्ड र फाइनलमा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । “म नेपाल आउँन एकदमै
२७ वैशाख ,धनकुटा । धनकुटा जिल्लाको सबैभन्दा बढी पुरस्कार राशि भएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५औँ संस्करण आजदेखि सुरु भएको छ । धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन भइरहेको खेलको उद्घाटन खेलमा पेमा युवा क्लब विराटनगर विजयी भएको छ । विराटनगरले आयोजक धनकुटालाई टाइब्रेकर (पेनाल्टी) मा ४–२ गोल अन्तरले पराजित गरेको
२६ वैशाख ,काठमाडौँ । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा सङ्कटा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा सङ्कटाले सातदोबाटोलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । सङ्कटाको जितमा दुवै गोल युसेफ एट्रिसले गरे । उनले खेलको १४औँ मिनेटमा पहिलो
२६ वैशाख ,काठमाडौँ । नेपाली खेलाडी आयुब घिमिरे र रुपेश खतिवडाले विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । भारतको जम्मु कस्मिरमा मे ५ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा उनीहरुले कुङफुको सान्डामा स्वर्ण जितेको बूढानीलकण्ठ कुङफुका प्रमुख प्रशिक्षक सुकमान लामाले जानकारी दिए । विश्व मिक्स बक्सिङ महासङ्घले आयोजना गरेको उक्त
२६ वैशाख, एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले क्लबको अनुमति बिना साउदी अरब भ्रमण गरेको भन्दै अर्जेन्टिनाका सुप्रसिद्ध स्ट्राइकर लियोनल मेस्सीलाई निलम्बन गरेपनि सोमबार पुनः प्रशिक्षणमा सहभागी गराएको छ । पिएसजीले सामाजिक सञ्जालमा मेसीको तस्बिर पोस्ट गर्दै भनेको छ, “लियोनल मेस्सी सोमबार बिहान प्रशिक्षणमा फर्किएका छन् ।” अप्रिल ३०
२४ वैशाख, पोखरा । सातौँ ‘पोखरा स्पोर्ट्स अवार्ड–२०७९’ को वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी( बागलुङ) र महिलातर्फ फुटबलका साबित्रा भण्डारी (लमजुङ) बनेका छन् । केसीले मनोनयमा परेका आर्चरीका गंगाबहादुर कुँवर (तनहुँ) र टेनिसका प्रदिप खड्का (कास्की)लाई पछाडी पार्दै अवार्ड हात पारेका हुन् ।यस्तै भण्डारीले आर्चरीकी रोजिना थापामगर(बागलुङ) र आइटिएफ
२३ वैशाख ,कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड करण केसी (बागलुङ) र सावित्रा भण्डारी(लमजुङ)ले जिटेका छन् । पोखरा सभागृहमा आज सम्पन्न अवार्ड समारोहमा पुरुषतर्फ क्रिकेटका केसी र महिलातर्फ फुटबलका भण्डारी वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही
२३ वैशाख, कञ्चनपुर । कञ्चनपुरका सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी मे ३ देखि १३ तारिखसम्म दक्षिण कोरियाको जेन्जुमा हुने पुरुष १०९ किलोमाथिको तौल समूहमा २२ वर्षीय भण्डारी भिड्ने छन् । कञ्चनपुरका भारोत्तोलन प्रशिक्षक जीवन गौतमका अनुसार भण्डारी १५ वर्षको उमेरदेखि भारोत्तलनमा समिर्पित छन् ।
२१ वैशाख ,धनकुटा । यही वैशाख २७ गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा १५औँ सहिद भीमनारायण रनिङ फुटबल प्रतियोगिता हुनेभएको छ । आयोजक संस्था सहिद भीमनारायण स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । जेठ २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल र भारतका आठ फुटबल टोलीको
२१ वैशाख ,काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार मच्छिन्द्रले सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । मच्छिन्द्रको जितमा देवेन्द्र तामाङ, ओलावाले आफिज र विमल घर्तीमगरले एक–एक गोल गरे । यता सङ्कटाका