Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

मेस्सीको नेतृत्वमा इन्टर मियामीले जित्यो लिग कपको उपाधि


४ भदाै, एजेन्सी । लिओनेल मेस्सीको उत्कृष्ट गोलको मद्दतमा इन्टर मियामीले नासभिललाई पेनाल्टी सुटआउटमा १०–९ ले पराजित गर्दै लिग कपको उपाधि जितेको छ ।

न्याशभिलको जियोडिस पार्कमा भएको खेलको २३ औं मिनेटमा अर्जेन्टिनी विश्वकप विजेता मेस्सीले बायाँ खुट्टाको माथिल्लो बायाँ कुनामा प्रहार गरेको बललाई गोलमा परिणत गर्दै मियामीलाई अग्रता दिलाएका थिए ।

साम सुरिजको कर्नरबाट दिएको बललाई हेडिङको सहायतामा बलम फाफा पिकाल्टले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याउनु भएको थियो ।

निर्धारित ९० मिनेटको खेलको अन्तिम चरणमा दुवै टोलीले नाटकीय जितको अवसर पाएका थिए ।

पछि, ड्रेक क्यालेन्डरले पेनाल्टी सुटआउटमा दुई बचाउ गरेपछि निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै इन्टर मियामीका समर्थकलाई खुशी पारेका थिए ।

इङ्ल्यान्डका पूर्वकप्तान डेभिड बेकह्यामको स्वामित्वमा रहेको फ्लोरिडा क्लबमा आबद्ध भएयता मेस्सीले छ खेलमा नौ गोल गरिसकेका छन् । लिग कप संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोका क्लबहरूको एक वार्षिक प्रतियोगिता हो ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?