Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

मेस्सीको नेतृत्वमा इन्टर मियामीले जित्यो लिग कपको उपाधि


४ भदाै, एजेन्सी । लिओनेल मेस्सीको उत्कृष्ट गोलको मद्दतमा इन्टर मियामीले नासभिललाई पेनाल्टी सुटआउटमा १०–९ ले पराजित गर्दै लिग कपको उपाधि जितेको छ ।

न्याशभिलको जियोडिस पार्कमा भएको खेलको २३ औं मिनेटमा अर्जेन्टिनी विश्वकप विजेता मेस्सीले बायाँ खुट्टाको माथिल्लो बायाँ कुनामा प्रहार गरेको बललाई गोलमा परिणत गर्दै मियामीलाई अग्रता दिलाएका थिए ।

साम सुरिजको कर्नरबाट दिएको बललाई हेडिङको सहायतामा बलम फाफा पिकाल्टले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याउनु भएको थियो ।

निर्धारित ९० मिनेटको खेलको अन्तिम चरणमा दुवै टोलीले नाटकीय जितको अवसर पाएका थिए ।

पछि, ड्रेक क्यालेन्डरले पेनाल्टी सुटआउटमा दुई बचाउ गरेपछि निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै इन्टर मियामीका समर्थकलाई खुशी पारेका थिए ।

इङ्ल्यान्डका पूर्वकप्तान डेभिड बेकह्यामको स्वामित्वमा रहेको फ्लोरिडा क्लबमा आबद्ध भएयता मेस्सीले छ खेलमा नौ गोल गरिसकेका छन् । लिग कप संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोका क्लबहरूको एक वार्षिक प्रतियोगिता हो ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?