Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

सन्दिप लामिछाने एसिया कप खेल्न नेपाली टोलीसँगै पाकिस्तान नजाने


३ भदाै, काठमाडाैँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने एसिया कपका लागि टोलीसँगै पाकिस्तान नजाने भएका छन् ।

उनीमाथि लागेको बलात्कार आरोप मुद्दाको अन्तिम सुनुवाइ लम्बिएपछि उनी टोलीसँगै पाकिस्तान नजाने भएका हुन् । नेपाली टोली बुधबार पाकिस्तान प्रस्थान  गर्ने तयारीमा रहेको छ ।

उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले टिमसँग सन्दीप पाकिस्तान नजाने बताए । बिहीबारको पेशीमा पनि अन्तिम सुनुवाइ हुन नसकेपछि सन्दिपको पाकिस्तान प्रस्थान गर्ने मिति पनि सर्ने भएको बताइएको छ ।


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?