Trending
>>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल >>   डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो >>   देशलाई अभिभावकको खाँचो छः शेखर कोईराला
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

स्पेन पहिलो पटक फिफा महिला विश्वकप फुटबलको फाइनलमा


३१ श्रावण, एजेन्सी । स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको सेमिफाइनल खेलमा स्पेनले स्विडेनलाई २–१ गोलले हरायो ।

स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीबाट तीन गोल अन्तिम नौ मिनेटमा सम्भव भएको थियो ।

दुवै टोलीले गोलका लागि राम्रा अवसर बनाएपनि नतिजा स्पेनको पक्षमा गयो । स्पेनको जितमा सल्मा पारालुयलो र ओल्गा कार्मोनाले गोल गरिन् ।

स्विडेनका लागि रेबिका ब्लोमक्विस्टले सान्त्वना गोल गरिन् । ८१औँ मिनेटमा पारालुयलोले गोल गर्दै स्पेनको उत्साह जगाइन् । ८८औँ मिनेटमा ब्लोमक्विस्टले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।

९०औँ मिनेटमा कार्मोनाले गोल गर्दै स्पेनलाई फाइनल यात्रा तय गराइन् । स्पेनले नेदरल्यान्ड्सलाई हराइएर सेमिफाइनलमा स्थान बनाएको थियो । फाइन्लमा स्पेनले आयोजक अष्ट्रेलिया र इङ्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?