Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

स्पेन पहिलो पटक फिफा महिला विश्वकप फुटबलको फाइनलमा


३१ श्रावण, एजेन्सी । स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको सेमिफाइनल खेलमा स्पेनले स्विडेनलाई २–१ गोलले हरायो ।

स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीबाट तीन गोल अन्तिम नौ मिनेटमा सम्भव भएको थियो ।

दुवै टोलीले गोलका लागि राम्रा अवसर बनाएपनि नतिजा स्पेनको पक्षमा गयो । स्पेनको जितमा सल्मा पारालुयलो र ओल्गा कार्मोनाले गोल गरिन् ।

स्विडेनका लागि रेबिका ब्लोमक्विस्टले सान्त्वना गोल गरिन् । ८१औँ मिनेटमा पारालुयलोले गोल गर्दै स्पेनको उत्साह जगाइन् । ८८औँ मिनेटमा ब्लोमक्विस्टले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।

९०औँ मिनेटमा कार्मोनाले गोल गर्दै स्पेनलाई फाइनल यात्रा तय गराइन् । स्पेनले नेदरल्यान्ड्सलाई हराइएर सेमिफाइनलमा स्थान बनाएको थियो । फाइन्लमा स्पेनले आयोजक अष्ट्रेलिया र इङ्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?