काठमाडौँ। पदक आशा गरिएकी नेपाली जुडो खेलाडी पुनम श्रेष्ठ २० औं एशियाली खेलकुदमा पहिलो चरणमा पराजित भएकी छन् । आइची अन्तर्राष्ट्रिय एरिनामा भएको महिला ७० केजीमूनीको खेलमा पुनम भारतीय प्रतिद्वन्दी ताखेललाम्बाम इनुन्गान्बीसँग इप्पोनको आधारमा पराजित भइन् । उनी १३ औं दक्षिण एशियाली खेलकुदकी स्वर्ण विजता हुन् । नेपाली जुडोको सबैभन्दा
काठमाडौँ।२० औं एशियाली खेलकुदमा सहभागिता जनाएको नेपाली आर्चरी टोलीले सन्तोषजनक सुधारका बाबजुद पदकविहीन हुँदै आफ्नो चुनौती समाप्त गरेको छ । टोलीका प्रशिक्षक र खेलाडीहरूले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार आएको बताए पनि अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रतिष्पर्धा र आधुनिक अभ्यासको अभावका कारण अपेक्षित नतिजा हात पार्न नसकेको स्वीकार गरेका छन् र नेपाली
काठमाडौं । काँस्य पदक पक्का गरिसकेको नेपाली महिला कबड्डी टोलीको जारी २० औं एशियाली खेलकुदको यात्रा सेमिफाइनलमा नै रोकिएको छ । टोकाया सिटिजेन जिम्नाजियममा शुक्रवार भएको सेमिफाइनलमा नेपाल टोली छिमेकी प्रतिद्वन्द्वी भारतसँग ४८–२४ को फराकिलो अन्तरले पराजित भएको हो । यससँगै नेपाली टोलीले पहिलोपल्ट एसियाली खेलकुदको फाइनलमा पुग्ने अवसर गुमायो
काठमाडौं । जापानमा जारी एशियन गेम अन्तर्गत महिला कबड्डीमा नेपालले कम्तीमा काँस्य पदक पक्का गरेको छ । श्रीलङ्कालाई ९ अङ्कको अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेसँगै नेपाली टोलीले पदकको खडेरी तोडेको हो । टोलीले यसअघिको अन्तर्राष्ट्रिय प्रदर्शनलाई कायम राख्दै आफ्नो पदक यात्रालाई सुरक्षित गरेको छ । श्रीलङ्काविरुद्धको खेल नेपाली
काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले सरकारका तर्फबाट तत्काल सकारात्मक पहल नभए सोमवारदेखि फिफाको निर्देशनअनुसार संघका नियमित तथा अत्यावश्यक गतिविधि अघि बढाउने बताएका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फामाथिको फिफाको निलम्बनका कारण राष्ट्रिय टोली, युवा टोली, एकेडेमीका खेलाडी, कर्मचारी, प्रशिक्षक तथा रेफ्रीलगायत प्रभावित भएको
काठमाडौँ। क्रिकेट एशोसिएशन नेपाल (क्यान) का सचिव पारस खड्काले एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताएका छन् । एसीसी प्रिमियर कपको उपाधि जितेर आईतवार राति स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै खड्काले युवा खेलाडीले गरेको प्रदर्शन प्रशंसनीय रहेको बताएका
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका एकदिवसीयतर्फका कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले नेपालीमा खुशी ल्याउन सकेकोमा गर्व लागेको बताएका छन् । एसीसी प्रिमियर कपको उपाधि जितेर आईतवार राति स्वदेश फर्किएका उनले टोलीको सफलताका पछाडि खेलाडी मात्र नभई समर्थक र पर्दापछाडिका सबैको योगदान रहेको
काठमाडौं । उत्कृष्ट पुनरागमन गर्दै अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा फाइनलमा पुगेको छ । अन्नपूर्ण स्पाइकरले बिहीबार सगरमाथा स्म्यासर्समाथि ३–१ को सेटमा जित निकालेपछि लिगको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । कुल ६ वटा फ्रेन्चाइज टोली सहभागी एनभिएलको लिगमा शीर्ष स्थानमा रहने टोली सीधै
काठमाडौं । मधेस वारियर्सले नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा चौथो खेलबाट पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलवार भएको खेलमा मधेस वारियर्सले खप्तड फाल्कोन्समाथि ३–० को सोझो सेटमा जित निकाल्यो । जितविहीन टोली बीचको प्रतिष्पर्धामा मधेस वारियर्सले पहिलो सफलता पायो । यो
काठमाडौँ। आगामी २० औं एशियाली खेलकुदमा सबैभन्दा आशा गरिएको नेपाली करातेकी एरिका गुरुङले आफ्नो मिहनतअनुसार नतिजा आउने भन्दै आफ्ना सहकर्मीलाई सकारात्मक हुन आग्रह गरेकी छन् । आगामी २० औं एशियाली खेलकुदका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवार भएको बिदाइ कार्यक्रममा एरिकाले आफ्नो उत्कृष्ट दिन र त्यहीअनुरूप नतिजा आउने आशा व्यक्त गरेकी