Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा


अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा

काठमाडौं । उत्कृष्ट पुनरागमन गर्दै अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा फाइनलमा पुगेको छ ।

अन्नपूर्ण स्पाइकरले बिहीबार सगरमाथा स्म्यासर्समाथि ३–१ को सेटमा जित निकालेपछि लिगको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । कुल ६ वटा फ्रेन्चाइज टोली सहभागी एनभिएलको लिगमा शीर्ष स्थानमा रहने टोली सीधै फाइनलमा पुग्ने प्रावधान थियो । अन्नपूर्ण स्पाइकरले लिगचरणको अन्तिम खेलमा उत्कृष्ट पुनरागमन जित निकाल्यो । जितसँगै अन्नपूर्ण स्पाइकरले पाँच खेलबाट चार जित निकाल्दै १२ अंक जोड्यो । यो नतिजापछि प्लेअफ पुग्ने दुई टोलीको पनि टुङ्गो लाग्यो । सिंगल राउन्ड रोबिनका आधारमा जारी एनभिएलको लिग चरणमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलका लागि प्लेअफ खेल्नेछन् । कर्णाली शिवराज र काठमाडौं रेड्सले दोस्रो र स्थानमा स्थान तय गर्दै प्लेअफ सम्भावना बनाएको हो ।

पराजित सगरमाथा स्म्यासर्सको भने प्लेअफ सम्भावना समाप्त भयो । लिगको पाँच खेलबाट सगरमाथा स्म्यासर्स ७ अंकसहित चौथो स्थानमा छ । पहिलो सेटमा जित निकाले पनि सगरमाथा स्म्यासर्सले सदुपयोग गर्न नसक्दा लिगबाट बाहिरिन बाध्य भयो । पहिलो सेट अन्नपूर्ण स्पाइकरले २५–२१ ले गुमाउन पुग्यो । तर, त्यसपछि अन्नपूर्ण स्पाइकरले उत्कृष्ट लय समात्यो । तीन मंगोलियन खेलाडीले चँम्किएपछि अन्नपूर्ण स्पाइकरले लगातार तेस्रो सेट आफ्नो बनायो । अन्नपूर्ण स्पाइकरले दोस्रो सेट २५–२३ ले आफ्नो बनाउँदै पुनरागमनको संकेत ग¥यो । यसपछि पुनरामगन गरेको अन्नपूर्ण स्पाइकर पूर्ण रूपमा हाबी भयो ।

तेस्रो सेटमा सुरुदेखि हाबी अन्नपूर्ण स्पाइकरको पक्षमा एकपक्षीय रह्यो । यो सेट २५–१४ ले सहजै आफ्नो बनाउँदै गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकरले सेटमा अग्रता बनायो । अन्नपूर्ण स्पाइकरले चौथो सेट पनि २५–२० ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट पुनरागनम जित रच्यो । अन्नपूर्ण स्पाइकरको जितमा इन्ख इर्डेने म्यान अफ दी म्याच भए । बिहीबार दोस्रो खेलमा मधेश वारियर्स र कर्णाली सिवराज बिच प्रतिस्पर्धा हुँदै छ । केडिया ग्रुपद्वारा आयोजित एनभिएलको पहिलो सिजनमा कुल ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेताले २० लाख प्राप्त गर्नेछ ।


प्रकाशित मिति: २५ भाद्र २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?