Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

चौथो खेलमा मधेसको पहिलो जित


चौथो खेलमा मधेसको पहिलो जित

काठमाडौं । मधेस वारियर्सले नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा चौथो खेलबाट पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलवार भएको खेलमा मधेस वारियर्सले खप्तड फाल्कोन्समाथि ३–० को सोझो सेटमा जित निकाल्यो । जितविहीन टोली बीचको प्रतिष्पर्धामा मधेस वारियर्सले पहिलो सफलता पायो । यो खेलअघि दुवै टोली पहिलो जित निकाल्ने लक्ष्य सहित कोटमा उत्रिएका थिए । तर खप्तडको खराब डिफेन्ससँगै विदेशी खेलाडी चल्न नसक्दा हार व्यहो¥यो । खप्तडका कप्तान धीरजकाजी बस्नेतले राम्रो प्रदर्शन गरे पनि जित दिलाउन सकेनन् । खप्तडका अफ्रिकन खेलाडी बसको डेटेले पनि सुधारिएको प्रदर्शन गरे । तर रसियन खेलाडी अर्टिम किसलिभलको लगातार खराब प्रदर्शन जारी रह्यो । मधेसले भने भारतीय खेलाडीको साथ पाउँदा पहिलो जित निकनल्यो । मधेस तीन जना भारतीय खेलाडीका साथमा छ । चौथो खेलमा भने मधेश जित निकाल्न सफल भयो ।

मधेसले पहिलो सेट २५–२०, दोस्रो २०–२० र तेस्रो २५–२३ ले आफ्नो बनायो । तीनै सेटमा खप्तडले अन्तिमसम्म चुनौती दिएको थियो । तर त्यसलाई सदुपयोग गर्न भने सकेन । मधेशले पहिलो सेट २५–२१ ले आफ्नो बनायो । भारतीय खेलाडीले प्रभाव जमाउँदा मधेशले अग्रता लिएको हो । तर, दोस्रो सेटमा भने खप्तडले चुनौती दियो । यो सेट पनि खप्तडले २५–२० ले गुमाउन पुग्यो । यो सेटमा खप्तडले निकै चुनौती दिने प्रयास गर्यो । सुरुमा पछि परेको खप्तडले १६–१६ को स्थिति सम्म चुुनौती दियो । मधेशका लिफ्टर उक्राले प्लेसिङ गर्दै अग्रता दिलाए । यससँगै मधेश १७–१६ ले अगाडि बढ्यो । यसपछि दबाबमा परेको खप्तड सेटमा फर्कन सकेन र अन्तत् यो सेट पनि गुमायो ।

तेस्रो सेट भने खप्तडले आफ्नो बनाउने संकेत गर्यो । तर, २२–२ को स्थितिमा जोगाउन सकेन । खप्तडका रसियन खेलाडी अर्टिम किसिलेभले सर्भिस बाहिर हाने । यससँगै मधेशले सेटमा अग्रता लिने अवरस पायो । यो गल्तीले नै खप्तडको खेलमा फर्कने लक्ष्य पूरा सकेन । अन्तत् मधेशले २५–२३ ले सेट आफ्नो बनाउँदै पहिलो जित रच्यो । तेस्रो खेलमा खप्तडको तेस्रो हार हो भने मधेशले चौथो खेलमा पहिलो जित रचेको हो । मधेशको जितमा जिबिन सेबास्टिन म्यान अफ दी म्याच भए ।
मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग ३–१ र दोस्रो खेलमा काठमाडौं रेड्ससँग ३–२ ले पछि परेको थियो । चार खेलबाट मधेशको चार अङ्क भएको छ र प्लेअफ पुग्ने सम्भावना जीवितै देखिन्छ । खप्तडले भने तीन खेलसम्म एउटा सेट पनि जित्न सकेको छैन ।

केडिया ग्रुपद्वारा आयोजित एनभिएलको पहिलो सिजनमा कुल ६ टोलीले प्रतिष्पर्धा गरिरहेका छन् । नेपाली पुरूष भलिबलमा पहिलोपल्ट आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख प्राप्त गर्नेछ । पहिलो संस्करणको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ तय गरिएको छ । एनभिएलका उपविजेता र तेस्रो हुने टोलीको पुरस्कार राशि भने आयोजकले घोषणा गरेको छैन ।

कुल ३२ लाख रुपैयाँको पुरस्कारबाट उपविजेता र तेस्रो हुने टोलीले पुरस्कार पाउने आयोजकले जनाएको छ । बाँकी १२ लाख उपविजेता, विभिन्न ७ विधाका उत्कृष्ट र १७ खेलका म्यान अफ द म्याचको नगद पुरस्कारका लागि विनियोजन गरिएको छ । लिगमा खप्तड फाल्कन्स, मधेश वारियर्स, सगरमाथा स्म्यासर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज गरी ६ फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गर्दैछन् । सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहने टोली सीधै फाइनलमा पुग्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलका लागि प्लेअफ खेल्नेछन् । फाइनल र प्लेअफसहित प्रतियोगितामा कुल १७ खेल हुनेछन् । फाइनल भदौ २७ गते हुने तय छ ।


प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?