Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

मेहनतअनुसार नतिजा आउँछः कराते खेलाडी एरिका


काठमाडौँ। आगामी २० औं एशियाली खेलकुदमा सबैभन्दा आशा गरिएको नेपाली करातेकी एरिका गुरुङले आफ्नो मिहनतअनुसार नतिजा आउने भन्दै आफ्ना सहकर्मीलाई सकारात्मक हुन आग्रह गरेकी छन् ।

आगामी २० औं एशियाली खेलकुदका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवार भएको बिदाइ कार्यक्रममा एरिकाले आफ्नो उत्कृष्ट दिन र त्यहीअनुरूप नतिजा आउने आशा व्यक्त गरेकी हुन् । उनले एशियन गेम्सको प्रतिष्पर्धालाई जीवनकै सबैभन्दा महत्वपूर्ण क्षणका रूपमा लिन पनि उल्लेख गरेकी छन् । आफ्नो भविष्यबारे नसोची देश र लक्ष्यमा ध्यान दिएर खेल्ने एरिकाको विश्वास छ । एशियन गेम्सको प्रतिष्पर्धालाई उत्साह र उमंगका रूपमा खेलाडीले लिएको उनले बताइन् । गत १९ औं एशियन गेम्सकी रजत पदक विजेता एरिकाले आगामी एशियन गेम्समा सहभागी हुने क्रममा राज्यका अंगहरू उपस्थिति हुनुले थप उत्साह मिलेको बताएकी छन् ।

आगामी २० औं एशियाली खेलकुद जापानको नागोया÷आइची शहरमा आगामी सेप्टेम्बर १७ देखि अक्टोबर ४ तारिखसम्म आयोजना हुँदैछ । नेपालको करातेबाट उक्त एसियन गेम्समा सबैभन्दा धेरै पदकको आशा गरिएको छ । जापानमा नै करिव दुई हप्ता तयारी गर्ने उद्देश्यसहित नेपाली कराते टोली शुक्रवार त्यसतर्पm प्रस्थान गरेको छ । यसपटकको एशियन गेम्सका लागि आयोजक जापान जाने कराते नेपालको २२ खेलमध्ये पहिलो हो । नेपाली कराते टोलीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित मेहता र नेपाल कराते महासंघका पदाधिकारीले बिदाइ गरेका थिए ।

सो अवसरमा खेलकुदमन्त्री सस्मित पोखरेलले देशलाई गर्व बनाएर एसियन गेम्समा प्रतिष्पर्धा गर्न जाने खेलाडीप्रति गर्वको महशुस भएको बताए । राज्यले खेलाडीबाट धेरै ठूला आशा नगरेको र तर खेलाडीले आफ्नो उत्कृष्ट दिनेमा आपूm विश्वस्त रहेको मन्त्री पोखरेलले बताएका छन् । नतिजाका बारेमा धेरै नसोची आफ्नो उत्कृष्ट दिने तरिकाले खेल्ने मन्त्री पोखरेलले आशा गरेका छन् । जित्दा र हार सामना गर्दा राज्यले समान तरिकाले हेर्ने उनको धारणा छ । खेलाडीले यो यात्रामा पनि कति धेरै मेहनत गरेको राज्य जानकार रहेको मन्त्री पोखरेलको भनाइ छ । खेलाडीहरूको आशा र माग सिमित भएपनि राज्यले त्यसलाई पूरा गर्न नसकेको उनले बताएका छन् । खेलाडीले पनि राज्यबाट पाउने सेवासुविधा भिआइपीसरह पाउने मन्त्री पोखरेलले स्पष्ट पारेका छन् ।

नेपाली टोलीका कुमुते प्रशिक्षक कुशल श्रेष्ठले यसपल्ट फरक वातावरणका बीच एशियन गेम्समा प्रतिष्पर्धा गर्न लागेको भन्दै यसले सम्मानित महशुस भएको बताए । जापानको हावापानी र खानपानमा खेलाडी घुलमिल होस् भन्ने तरिकाले केही समय अगाडि जान लागेको बताए । मिसन २०२६ को नामबाट लामो समयदेखि प्रशिक्षण गर्दैै आएकाले यसपल्ट तयारी कम भयो भन्ने कसैले पनि छुट नहुने उनको भनाइ छ । यही नतिजा आउँछ भन्न नसकिने तर पहिलेको भन्दा राम्रो नतिजा ल्याउन मेहनत गर्ने प्रशिक्षक कुशलको भनाइ छ ।

नेपाली करातेको काताका प्रशिक्षक मन्डेकाजी श्रेष्ठले मिसन २०२६ बाट लामो समयदेखि तयारी गरिरहेको र त्यो प्रशिक्षण सबै खेलाडीलाई मद्दत मिल्ने बताए । साथै बन्द प्रशिक्षणले पनि खेलाडीलाई थप प्रोत्साहन मिलेको उनको भनाइ छ । पहिलोपल्ट देशको झन्डासहित अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाने खेलाडीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा भिआइपी कक्षको सुविधा दिनुले सबैको मनोबल बढेको प्रशिक्षक मण्डेकाजीले बताएका छन् । जापानमा पनि राम्रो प्रशिक्षण स्थलमा तयारी गर्ने र त्यहाँ १०÷१२ दिनको प्रशिक्षणपछि नागायो जाने काताका प्रशिक्षक मण्डेकाजीले उल्लेख गरेका छन् । तयारीको हिसाबले उत्कृष्ट प्रदर्शन गर्ने र पदक जित्ने उनको आशा छ ।

एसियन गेम्सका लागि करातेका ८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । कातातर्पm नेपालले दुई वटा विधामा प्रतिष्पर्धा गर्दै छ । महिला टिम काता र एकल कातातर्पm नेपालको चुनौती रहनेछ । व्यक्तिगत काता सानुमाया थिङ र टिम कातामा उनीसँगै मेघा लिम्बू र एलिसा रास्कोटी मगरले चुनौती दिँदैछिन् । कातमा मन्डेकाजी श्रेष्ठ र कुमुतेतर्पm कुशल श्रेष्ठ प्रशिक्षक छन् । कुमुतेमा एरिकासँगै राकेश मानन्धर, मीनबहादुर तामाङ,तेन्जिन शेर्पा र निरुपा दोङ छन्


प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?