Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

‘नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि हो’–पारस खड्का


‘नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि हो’–पारस खड्का

काठमाडौँ। क्रिकेट एशोसिएशन नेपाल (क्यान) का सचिव पारस खड्काले एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताएका छन् ।

एसीसी प्रिमियर कपको उपाधि जितेर आईतवार राति स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै खड्काले युवा खेलाडीले गरेको प्रदर्शन प्रशंसनीय रहेको बताएका छन् । उनले अर्जुन कुमाल र शेर मल्ललगायत युवा खेलाडीको प्रदर्शनले नेपाली क्रिकेटको भविष्यप्रति आशा जगाएको उल्लेख गरेका छन् । खड्काले क्रिकेट टिम स्पोर्ट भएकाले जित्दा सबै कुरा राम्रो देखिने र हार्दा स्वाभाविक रूपमा आलोचना हुने बताएका छन् । यद्यपि समग्रमा नेपाली क्रिकेट टोलीले राम्रो गरिरहेको उनको भनाइ छ । उनले नेपालको एकदिवसीय (ओडीआई) संरचना र फम्र्याटमा भने थप मेहनत गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । अहिलेका लागि एशिया कपमा छनोट हुनु टोलीका लागि मनोबल बढाउने महत्वपूर्ण उपलब्धि भएको उनले बताएका छन्
।
उनले भने, ‘अहिले हामीले सकारात्मक पक्षबारे कुरा गर्नुपर्छ । नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु हाम्रा लागि ठूलो उपलब्धि हो ।’

एशियन क्रिकेट काउन्सिल (एसीसी) अन्तर्गतका विभिन्न टोलीसँग प्रतिष्पर्धा गर्नु सहज नभए पनि नेपालले समग्र टिम प्रदर्शन सुधार गर्दै उपाधि जित्न सफल भएको खड्काले बताए । देश पछिल्लो केही समयदेखि कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेटले नेपालीमा खुशी ल्याउन सकेको उल्लेख गर्दै उहाँले क्रिकेटमार्फत राष्ट्रलाई जोड्ने अभियानमा क्यान लागिरहेको बताए । एशिया कपका लागि अब क्यानले गर्ने तयारीबारे खड्काले नेपाली क्रिकेट टोलीको आगामी ७–८ महिनाको तालिका तथा अर्को वर्षसम्मको कार्यक्रम तयार भइसकेको जानकारी दिएका छन् । उनकाअनुसार नेपाली टोलीले अब एशियन गेम्स, क्रिकेट विश्वकप (सीडब्लुसी), नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका प्रतियोगितामा सहभागिता जनाउनेछ । एशियन गेम्समा पदक जित्ने लक्ष्य महत्वपूर्ण रहेको उनले बताएका छन् । यसअघि एशियन गेम्समा नेपाल पदकको निकै नजिक पुगेको स्मरण गर्दै खड्काले आगामी संस्करणमा अझ राम्रो प्रदर्शन गर्ने अवसर रहेको बताएका छन् । नेपालको ओडीआई वरीयताका आधारमा विश्वकपको प्लेअफ खेल्ने सम्भावना रहेको र आगामी वर्ष द्विपक्षीय सिरिजका लागि समेत क्यानले पहल गरिरहेको उनले जानकारी दिएका छन् ।

खड्काले भने, ‘निरन्तर रूपमा क्रिकेट प्रतियोगिता धेरै छन् । प्रतियोगिताअनुसार तयारी गर्दै जानेछौँ र आवश्यक जानकारी सबैलाई गराउँदै जानेछौँ ।’

खड्काले पछिल्लो सफलताले नेपाली क्रिकेटको आत्मविश्वास बढाएको भन्दै आगामी प्रतियोगितामा पनि टोलीले निरन्तर राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?