Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

खेलकुद


अपराजित रहँदै एपिएफ च्याम्पियन, विधागत पुरस्कारमा पनि एपिएफ हाबी

काठमाडौँ। विभागीय टोली एपिएफ क्लव अपराजित रहँदै एन्फा महिला लिग फुटबलको च्याम्पियन भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार सम्पन्न फाइनलमा एपिएफले विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लवलाई ४–० ले हराउँदै च्याम्पियन भएको हो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको एपिएफ महिला लिगभर विपक्षीविरुद्ध दबाब बनाउँदै लिगको सबैभन्दा उत्कृष्ट टोली बन्न सफल

उत्कृष्ट प्रदर्शन गर्दै त्रिकोणात्मक शृंखला जित्छौं– इन्दु बर्मा

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफ्नो टोली सन्तुलित रहेकाले बिहीवारदेखि शुरु हुने त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट श्रृंखला जित्ने बताएकी छिन्। नेपालले बिहीवारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित टी ट्वान्टी क्रिकेट श्रृंखला खेल्दैछ । प्रतियोगिताअगाडि बुधवार कप्तानसँग भएको पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान इन्दुले भर्खर

केपी ओली कपको तेस्रो संस्करण फागुन ११ देखि

काठमाडौँ। केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुनको दोस्रो सातादेखि शुरू हुने भएको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कपको तेस्रो संस्करण हुन लागेको हो । युवा संघले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा

दशौं राष्ट्रिय खेलकुदका लागि वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माण

सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माण गरिएको छ । १० हजार दर्शक क्षमताको पाराफिटसहित फुटबल मैदान र एथलेटिकसका खेलहरु एक साथ सञ्चालन गर्न सकिने गरी संरचना निर्माण गरिएको हो । २०७८ मंसिर २० गते तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले सिल्यान्यास गरेको

पदक जित्ने लक्ष्यअनुरूप गएका थियौं– विश्व उपविजेता नेपाली खो खो टोलीका कप्तान हेमराज

काठमाडौँ। खो खो विश्वकप उपविजेता नेपाली पुरुष टोलीका कप्तान हेमराज पनेरुले पदक ल्याउने लक्ष्यअनुरूप मेहनत गरेर खेल्दा सफलता प्राप्त भएको बताएका छन् । भारतको नयाँ दिल्लीमा भएको खो खो विश्वकपमा उपविजेता बनेको नेपाली महिला र पुरुष टोली सोमबार स्वदेश फर्किएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा नेपाली पुरुष

नेपाल खो खो विश्वकपको उपविजेता

काठमाडौँ। खो खो विश्वकपको पहिलो संस्करणमा उपविजेतामा सिमित भएको नेपाली टोली सोमवार स्वदेश फर्किंदैछ । भारतको नयाँ दिल्लीमा भएको महिला र पुरुष दुवैको फाइनलमा नेपाली टोली भारतसँग  पराजित हुँदै उपविजेतामा सीमित भएको हो । नेपाली टोली आज साँझ स्वदेश आइपुग्नेछ । नेपाली टोलीलाई बाजागाजासहित भव्य स्वागत गर्ने तयारी रहेको राष्ट्रिय

एनकेएलमा विराटनगर ब्यान्डिट्स विजयी

काठमाडौँ। विराटनगर ब्यान्डिट्सले शनिवार धनगढी वाइल्ड क्याटलाई हराउँदै नेपाल कबड्डी लिग (एनकेएल) मा विजयी शुरुवात गरेको छ । लिगको दोस्रो खेलमा विराटनगरले धनगढी वाइल्ड क्याटमाथि ४६–३४ को स्कोरमा जित निकाल्दै एनकेएलमा विजयी शुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी एनकेएलमा यो दोस्रो खेल हो ।

टाइगर कप भलिबलमा दुई विदेशी टोली

काठमाडौँ। टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको पाँचौं संस्करण माघको दोस्रो सातादेखि पोखरामा शुरु हुने भएको छ । टाइगर गुप्र अफ पोखराको आयोजनामा माघ १२ देखि १९ गतेसम्म महिला र पुरुष भलिबल च्याम्पियनसिप हुने भएको हो । महिला र पुरुष दुवैमा समान एक विदेशी टोलीले प्रतिष्पर्धा गर्ने भएका छन्

एनकेएलको उपाधि जित्नेगरी तयारी गरेका छौं– ६ फ्रेन्चाइज टोली

काठमाडौँ। सबै फ्रेन्चाइज टोलीले शुक्रवारदेखि शुरु हुने नेपाल कबड्डी लिग (एनकेएल) को उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा एनकेएलको पहिलो संस्करण शुक्रवारबाट शुरु हुँदैछ । उद्घाटनअगाडि पत्रकार सम्मेलनमा ६ वटै फ्रेन्चाइज टोलीका प्रशिक्षक तथा मार्की खेलाडीले तयारी राम्रो रहेकाले उपाधि जित्ने दाबेदारी

जय नेपाल कपमा तीन राष्ट्रका विश्व विद्यालयले खेल्ने

काठमाडौँ। जय नेपाल कप दक्षिण एशियाली विश्वविद्यालय टि—ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी माघ ७ गतेदेखि शुरु हुने भएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को आयोजनामा नेपाल, भारत र बगंलादेशका गरी कुल आठ वटा विश्वविद्यालयले प्रतिष्पर्धा गर्ने जय नेपाल टी ट्वान्टी क्रिकेट माघको दोस्रो सातादेखि हुन लागेको हो । प्रतियोगिताका खेलहरू

सम्वन्धित समाचारहरु