Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२९ माघ २०८२, बिहीबार
२९ माघ २०८२, बिहीबार

राष्ट्रिय महिला हक्की: आर्मी र गण्डकी उपाधिनजिक


काठमाडौँ। विभागीय टोली त्रिभूवन आर्मी क्लव र गण्डकी प्रदेश जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधिनजिक पुगेका छन् ।

ललितपुरको च्यासल फुटबल मैदानमा शनिवार भएको आर्मीले वागमती प्रदेशलाई ८–० गोलअन्तरले हराउँदै दोस्रो जित निकाल्यो । आर्मीको जितमा कमला चन्द, निलिमा पाण्डे र दमारा भट्टले समान दुई गोल गरे । सुनिता नेगी र सीतामाया बलले समान एक गोल थपे । चार टोली सहभागी महिलातर्फ लिगको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । हालसम्म आर्मीसँगै गण्डकी प्रदेशले पनि दुई जित निकालेको छ । समान दुई खेलबाट आर्मी र गण्डकीको समान ६ अंक छ ।

अब आगामी आईतवार गण्डकी र आर्मीबीच प्रतिष्पर्धा हुँदैछ । यो खेलले नै लिगको विजेता टुङ्गो लगाउनेछ । लिगमा समान दुई खेल खेलेका वागमती र मधेसले भने अंक जोड्न सकेका छैनन् । शनिवार नै भएको पुरुष राष्ट्रिय हक्की प्रतियोगितामा नेपाल पुलिस क्लवले दोस्रो जित निकालेको छ । च्यासलमा नै भएको समूह ‘बी’ को खेलमा पुलिसले एपिएफ क्लवमाथि ३–० को जित निकालेको हो । पुलिसको जितमा नवराज खत्रीले ह्याट्रिक पूरा गरे । उनी प्लेअर अफ दी म्याच भए ।

यो जितसँगै चार टोली रहेको समूहबाट शिर्ष दुईमा रहँदै पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेको छ । समान दुई खेलबाट अपराजित पुलिसको ६ अंक र कर्णालीको तीन अंक छ । समान दुई खेलबाट एपिएफ र वागमतीको समान एक अंक छ । यो समूहमा कर्णालीसँगै एपिएफ र वागमती तीनै टोलीको शीर्ष दुईभित्र रहेर सेमिफाइनलमा पुग्ने सम्भावना जीवतै छ ।

शनिवार नै भएको पहिलो खेलमा कोशी र गण्डकीले ३–३ गोलको बराबरी ग¥यो । कोशीका लक्ष्मण समारिया, योगेशकुमार बारघरे र आर्यान चौधरीले समान एक गोल गरे । गण्डकीका लागि भने दीपक तामाङले दुई तथा संघम घर्तिमगरले एक गोल गरे । दुवै टोली जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्थे । तर, यो खेलको नतिजा बराबरी भएपछि आर्मीले सेमिफाइनलमा स्थान बनायो । समान दुई खेलबाट आर्मी ६ अंकसहित शिर्ष स्थानमा छ । समान दुई खेलबाट कोसीको ४ अंक, गण्डकीको एक अंक र मधेस अंकविहीन छ ।

अब कोशी र गण्डकीमध्ये एक टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना छ ।


प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?