Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

राष्ट्रिय हक्की प्रतियोगिताः महिलातर्फ गण्डकीको दोस्रो जित


काठमाडौँ। गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा महिलातर्पm दोस्रो जित निकालेको छ ।

ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्पmको खेलमा गण्डकीले मधेश प्रदेशलाई २–१ ले हराएको हो । गण्डकीको जितमा मौयुरी राईले दुई गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेसकी गीताकुमारी मिर्निनचिङले एक गोल फर्काए पनि हार टार्न सकिनन् । राउण्ड रोबिन लिगको आधारमा भैरहेको महिलातर्पmको प्रतियोगितामा गण्डकीको यो दोस्रो जित हो । महिलामा त्रिभूवन आर्मी क्लव, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश गरी चार टोलीले मात्र प्रतिष्पर्धा गरिरहेका छन् । लिगपछि शिर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।

लिगमा दुई जित निकाल्दै गण्डकीले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । बिहीवार पहिलो खेलमा गण्डकीले वागमती प्रदेशलाई २–१ गोलले हराएको थियो । मधेसको भने दोस्रो हारपछि लिगमा शिर्ष दुई स्थानमा पुग्ने सम्भावना कमजोर भएको छ । मधेसले पहिलो खेलमा आर्मीसँग ७–० को हार सामना गरेको थियो । शुक्रबार नै पुरुषतर्पm आर्मी र कर्णाली प्रदेशले जित निकालेका छन् । नेपाल हक्की संघको आयोजनामा जारी प्रतियोगितामा समूह ‘ए’ मा रहेको आर्मीले मधेस प्रदेशमाथि १०–१ को जित निकालेको हो । आर्मीको जितमा मनोज चौधरी ह्याट्रिक पूरा गरे । राजेन्द्र कार्की र अमरबहादुर गुरुङले दुई तथा देवसिंह धामी, प्रदीप राजवंशी र काशिराज राईले समान एक गोल गरे ।

आर्मीको यो दोस्रो जित हो भने मधेसले दोस्रो हार सामना ग¥यो । आर्मीले पहिलो खेलमा गण्डकीलाई हराएको थियो । मधेसले भने कोसीसँग हार सामना गरेको थियो । पुरुषमा लिगकम नकआउटका आधारमा प्रतिष्पर्धा भइरहेको छ । समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेस र कोशी प्रदेश छन् । शुक्रबार नै भएको समूह ‘बी’ को खेलमा कर्णालीले वागमती प्रदेशलाई २–१ ले हरायो । कर्णालीको जितमा प्रेम भण्डारी र जिवा रावतले समान एक गोल गरे । कर्णालीका सुशान्त रावत प्लेअर अफ दी म्याच भए । वागमतीका समीर घिमिरेले एक गोल गरे ।


प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?