Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२९ माघ २०८२, बिहीबार
२९ माघ २०८२, बिहीबार

राष्ट्रिय हक्की प्रतियोगिताः महिलातर्फ गण्डकीको दोस्रो जित


काठमाडौँ। गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा महिलातर्पm दोस्रो जित निकालेको छ ।

ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्पmको खेलमा गण्डकीले मधेश प्रदेशलाई २–१ ले हराएको हो । गण्डकीको जितमा मौयुरी राईले दुई गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेसकी गीताकुमारी मिर्निनचिङले एक गोल फर्काए पनि हार टार्न सकिनन् । राउण्ड रोबिन लिगको आधारमा भैरहेको महिलातर्पmको प्रतियोगितामा गण्डकीको यो दोस्रो जित हो । महिलामा त्रिभूवन आर्मी क्लव, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश गरी चार टोलीले मात्र प्रतिष्पर्धा गरिरहेका छन् । लिगपछि शिर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।

लिगमा दुई जित निकाल्दै गण्डकीले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । बिहीवार पहिलो खेलमा गण्डकीले वागमती प्रदेशलाई २–१ गोलले हराएको थियो । मधेसको भने दोस्रो हारपछि लिगमा शिर्ष दुई स्थानमा पुग्ने सम्भावना कमजोर भएको छ । मधेसले पहिलो खेलमा आर्मीसँग ७–० को हार सामना गरेको थियो । शुक्रबार नै पुरुषतर्पm आर्मी र कर्णाली प्रदेशले जित निकालेका छन् । नेपाल हक्की संघको आयोजनामा जारी प्रतियोगितामा समूह ‘ए’ मा रहेको आर्मीले मधेस प्रदेशमाथि १०–१ को जित निकालेको हो । आर्मीको जितमा मनोज चौधरी ह्याट्रिक पूरा गरे । राजेन्द्र कार्की र अमरबहादुर गुरुङले दुई तथा देवसिंह धामी, प्रदीप राजवंशी र काशिराज राईले समान एक गोल गरे ।

आर्मीको यो दोस्रो जित हो भने मधेसले दोस्रो हार सामना ग¥यो । आर्मीले पहिलो खेलमा गण्डकीलाई हराएको थियो । मधेसले भने कोसीसँग हार सामना गरेको थियो । पुरुषमा लिगकम नकआउटका आधारमा प्रतिष्पर्धा भइरहेको छ । समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेस र कोशी प्रदेश छन् । शुक्रबार नै भएको समूह ‘बी’ को खेलमा कर्णालीले वागमती प्रदेशलाई २–१ ले हरायो । कर्णालीको जितमा प्रेम भण्डारी र जिवा रावतले समान एक गोल गरे । कर्णालीका सुशान्त रावत प्लेअर अफ दी म्याच भए । वागमतीका समीर घिमिरेले एक गोल गरे ।


प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?