Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२९ माघ २०८२, बिहीबार
२९ माघ २०८२, बिहीबार

राष्ट्रिय हक्कीमा कोशी र गण्डकी विजयी


काठमाडौँ। कोशी र गण्डकी प्रदेशले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा पहिलो जित निकालेका छन् ।

नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा बिहीवार पुरुषतर्फ कोसीले र महिलामा गण्डकीले जित निकालेका हुन् । पुरुषमा गण्डकी प्रदेशमाथि ५–३ गोलअन्तरको जित दर्ता ग¥यो । कोसीको जितमा लक्ष्मण समारियाले ह्याट्रिक गर्दा आर्यन चौधरी र सुदीप चौधरीले समान एक गोल गरे । मधेसका रूपेशकुमार राईले दुई र अजयकुमार साहले एक गोल फर्काए । लक्ष्मण प्लेअर अफ दी म्याच पनि भए र उनले दुई हजार नगद पुरस्कार पाए । खेलमा अग्रता लिए पनि जोगाउन नसक्दा मधेसले हार सामना गरेको हो ।
समूह ‘ए’ को कोसीले पहिलो खेलमा जित निकाल्दै तीन अंक बटुल्यो । चार टोली रहेको यस समूहमा त्रिभूवन आर्मीले पनि एक जित निकालेको थियो । पुरुषतर्पm लिगकम नकआउटका आधारमा प्रतिष्पर्धा भइरहेको छ । समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेस र कोशी प्रदेश छन् । आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशमाथि ३–० गोलको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । समूह ‘बी’ मा नेपाल पुलिस क्लव, कर्णाली प्रदेश, एपिएफ र वागमती छन् । एपिएफ हक्कीमा नयाँ टिम हो । एपिएफले आफ्नो डेब्यु खेलमा बागमती प्रदेशसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो ।

बिहीवार महिलातर्फ भएको खेलमा गण्डकीले बागमतीलाई २–१ गोलले हराउँदै सुखद् शुरुवात गर्यो । गण्डकीका मायौरी राई र गीता पुनमगरले समान एक गोल गरे । मायौरी प्लेअर अफ दी म्याच भइन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र बोर्ड सदस्य प्रकाश कुसारीले महिलातर्पm प्रतियोगिताको उद्घाटन गरेका थिए । महिलामा भने नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र वागमती प्रदेश मात्र सहभागी छन् । यस प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा प्रतिष्पर्धा हुँदै छ । राउन्ड रोबिन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।

आर्मीले पनि पहिलो खेलमा मधेश प्रदेशमाथि ७–० गोलको रबाफिलो जित निकाल्दै अंक बटुलेको छ । संघको वार्षिक कार्यक्रमअनुसार सुरु राष्ट्रिय पुरुष हक्की वैशाख २६ गतेसम्म तथा राष्ट्रिय महिला हक्की प्रतियोगिता वैशाख २६ गतेसम्म हुनेछ । पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।


प्रकाशित मिति: १८ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?