Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

खेलकुद


एन्फा महिला लिगमा संकटा र कोशीको बराबरी

काठमाडौं। संकटा फुटबल क्लव र कोशी प्रदेशले एन्फा महिला फुटबल लिगमा शनिवार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यससँगै शनिवारका दुवै खेलमा बराबरीकै नतिजा निक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको पहिलो खेलमा पनि नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवले १–१ गोलको बराबरीको नतिजा सामना गरेका थिए

राष्ट्रिय खेलकुदका लागि दशैँअघि नै भौतिक पूर्वाधारको काम सकिन्छः मन्त्री चौधरी

काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार निर्माण दशैँअघिसम्म सकिसक्ने बताएका छन् । मन्त्री चौधरीले दशौँ राष्ट्रिय खेलकुदका सुसम्पन्न गर्न उत्साहका साथ सरकारले ६० करोड रुपैयाँ बजेट छुट्याएको बताउदै उनले  अबको केही दिनदेखि नै दशौं राष्ट्रिय खेलकुदको गतिविधि व्यापक रुपमा शुरुवात

प्रधानमन्त्रीसँग खेलकुदमन्त्रीको आग्रहः आगामी आ.व.मा खेलकुद मन्त्रालयको बजेट बढाइदिनुस्

काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयको बजेट आगामी आर्थिक वर्षमा बढाइदिन आग्रह गरेका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा पाराओलम्पिक काँस्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई सम्मान प्रदान गर्दै उनले यस्तो बताएका हुन् । उनले २१ वटा मन्त्रालयमा सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयाई छुट्याइएको भन्दै आगामी आर्थिक वर्षमा

नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको बताएका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा पाराओलम्पिक काँस्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई सम्मान प्रदान गर्दै उनले खेल क्षेत्रका सबै विधाहरुमा अझै उत्कृष्ट प्रगति गर्दै जान खेलाडीहरुलाई आग्रह गरेका छन् । उनले क्रिकेट, फुटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन

एन्फा महिला लिगः आर्मीसँग वागमती ३-० ले पराजित

काठमाडौं। एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लवले वागमती प्रदेशलाई तीन—शुन्यको सहज नतिजामा हराएको छ । एन्फा खेल मैदानमा भएको खेलमा वागमतीलाई हराएर आर्मी लिगको दोस्रो स्थानमा उक्लियो । खेलको २६ औं मिनेटमा आर्मीले अग्रता बनायो। विमला चौधरीले गोल गरिन् । पहिलो हाफ आर्मीले एक शुन्यको अग्रता बनायो । वागमती दोस्रो

राखेपद्वारा एरिका र पलेशासहित १८ खेलकर्मी सम्मानित

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एसियन गेम्समा रजत पदक विजेता करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ गरी कुल पाँच खेलाडीसहित १८ खेलकर्मीलाई सम्मान गरेको छ । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको सभामण्डपमा बुधवार राखेपले आफ्नो ६१ औं वार्षिकोत्सवका अवसरमा सिनियर महिलामा एरिका र पुरुषमा स्यान्टुलाई सम्मान गरेको हो ।

एन्फा महिला लिग फुटबलमा संकटाको पहिलो जित, कोशीको पहिलो हार

काठमाडौं। ‘ए’ डिभिजन क्लवका रूपमा एन्फा महिला फुटबल लिग खेलेको संकटाले बुधवार कर्णाली प्रदेशमाथि २–० को जित निकालेको छ । जारी एन्फा महिला लिगमा चौथो खेलमार्र्पmत संकटाले पहिलो सफलता पाएको हो । यता, बुधवार नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लवले पनि कोशी प्रदेशमाथि ४–०

आइसिसी विश्वकप लिग–२ को आगामी श्रृंखलामा सबैले आफ्नो भुमिका अनुरूप खेल्नेछन्– प्रशिक्षक मोन्टी

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आइसिसी विश्वकप लिग–२ को आगामी श्रृंखलामा हरेक खेलाडीले आफ्नो जिम्मेवारीअनुरुप भुमिका निर्वाह गर्ने बताएका छन् । घरेलु मैदानमा भएको लिग–२ को पहिलो श्रृंखला सुखद् नभएको उल्लेख गर्दै प्रशिक्षक मोन्टीले क्यानडा र अमेरिकामा हुने दुई श्रृंंखलामा राम्रो नतिजा प्राप्त गर्ने आशा व्यक्त गरेका हुन्

सुदूरपश्चिमको पोस्टमा फेरि गोलवर्षा एकै खेलमा १५ गोल

काठमाडौं। दीपा शाहीको पाँच गोल प्रेरणामा त्रिभुवन आर्मी क्लवले जारी एन्फा महिला लिगमा मंगलवार सुदूरपश्चिम प्रदेशमाथि दर्जनभन्दा बढी गोलवर्षा गरेको छ । सातदोबाटोस्थित एन्फ मुख्यालय मैदानमा दीपा चम्किँदा आर्र्मीले लिगकै कमजोर टोली देखिएको सुदूरपश्चिममाथि १४–१ को फराकिलो जित निकालेको हो । आर्मीका लागि अनिता लम्जेलले दुई तथा विमला चौधरी, हिमा चौधरी,

काभा क्लव महिला भलिबलमा स्वर्ण जित्ने पुलिसको लक्ष्य

काठमाडौं। माल्दिभ्समा हुने काभा महिला क्लव भलिबल च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने नेपालको पुलिस टोलीले स्वर्ण जित्ने लक्ष्य राखेको छ । आगामी सेप्टेम्बरमा १५ देखि माल्दिभ्सको मालेमा पहिलोपल्ट महिला क्लव भलिबल च्याम्पियनसिप शुरु हुँदैछ । उक्त च्याम्पियनसिपमा नेपालको लिग च्याम्पियन नेपाल पुलिस क्लवले प्रतिष्पर्धा गर्दैछ । पुलिसले यसै च्याम्पियनसिपका लागि करिव एक महिना

सम्वन्धित समाचारहरु