Trending
>>   महिला साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री दशरथ रङ्गशाला जाने >>   उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली >>   आज काग तिहार, कागको पूजा आराधना गरिँदै >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक १४ गते बुधबार, हेर्नुहोस आजको राशिफल >>   नयाँ भूमि समस्या समाधान आयोग गठन >>   कुलमानलाई हटाउने बिषयमा मन्त्रिपरिषद्को यस्ताे निर्णय >>   पुस्तकालय हाेइन आइडिया सेन्टर >>   भाइटीकाकै दिन वर्षाको पूर्वानुमान ! >>   कुलमानलाई हटाउन सिंहदरबारमा मन्त्रिपरिषद् बैठक !
Logo
१४ कार्तिक २०८१, बुधबार
१४ कार्तिक २०८१, बुधबार

सुदूरपश्चिमको पोस्टमा फेरि गोलवर्षा एकै खेलमा १५ गोल


काठमाडौं। दीपा शाहीको पाँच गोल प्रेरणामा त्रिभुवन आर्मी क्लवले जारी एन्फा महिला लिगमा मंगलवार सुदूरपश्चिम प्रदेशमाथि दर्जनभन्दा बढी गोलवर्षा गरेको छ ।

सातदोबाटोस्थित एन्फ मुख्यालय मैदानमा दीपा चम्किँदा आर्र्मीले लिगकै कमजोर टोली देखिएको सुदूरपश्चिममाथि १४–१ को फराकिलो जित निकालेको हो । आर्मीका लागि अनिता लम्जेलले दुई तथा विमला चौधरी, हिमा चौधरी, चन्द्रा भण्डारी, सन्जु कुमाल, विमला विक र सावित्रीदेवी मगरले समान एक गोल थपे । जारी लिगमा तेस्रो खेलबाट नै सुदूरपश्चिमले २८ गोल बेहोरेको छ । यसबीच दुई गोल फर्काएको छ । यसअघि सुदूरपश्चिमले बागमती युथ क्लबसँग ५–१ र अर्र्को विभागीय टोली नेपाल पुलिस क्लबसँग ९–० को फराकिलो अन्तरको हार सामना गरेको थियो ।

सुदूरपश्चिमले जुन फराकिलो हारकोे शृंखला तेस्रो खेलमा पनि जारी राख्यो । यो जितसँगै आर्मी तीन खेलबाट ६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । यसअघि आर्मीले वालिङ नगरपालिकालाई ४–० ले हराउँदा विभागीय प्रतिद्वन्द्वी एपिएफसँग २–१ ले पराजित भएको थियो । लगातार तेस्रो खेलमा हार बेहोरेको सुदूरपश्चिम अंकविहीन रहँदै पुछारमा छ । मंगलबार एकै खेलमा १५ गोल सम्भव भयो । तीमध्ये आर्मी र सुदूरपश्चिमले समान एक आत्मघाती गोल सामना ग¥यो । खेलको सातौं मिनेटमा विमला चौधीरीको गोलबाट आर्मीले अग्रता लिएको थियो ।

सुदूरपश्चिमकी खेलाडीले क्लियर गर्न खोजेको बल नियन्त्रणमा लिँदै विमलाले सुन्दर गोल गरेकी हुन् । आर्मीले १५औं मिनेटमा हिमाको गोलबाट अग्रता दोब्बर बनायो । चन्द्रा भण्डारीको थ्रु पास सदुपयोग गर्दै हिमाले सहज गोल गरिन् । पाँच मिनेटपछि नै सुदूरपश्चिम प्रदेशले आत्मघाती गोल गरेपछि आर्मीलाई थप सहज भयो । विमलाको कर्नर प्रहार रोक्न क्रममा शान्ती विकको हेडर बल आफ्नै पोस्ट जाली चुम्न पुग्यो । दीपाले २३औं मिनेटमा आर्मीको चौथो गोल गरिन् । हिमा चौधरीको उत्कृष्ट पास नियन्त्रणमा लिँदै दीपाले सुदूरपश्चिमकी गोलकिपर टिकेश्वरी साउदलाई पनि बिट गर्दैै खाली पोस्ट गोल गरेकी हुन् ।

दुई मिनेटपछि नै चन्द्रा भण्डारीले आर्मीको खातामा अर्को गोल थपिन् । हिमा चौधरीको पासमा उनले वान टच गर्दै खाली पोस्ट गोल गरिन् । ३१ औं मिनेटमा दीपाले व्यक्तिगत दोस्रो गोल थपिन् । करिब २० यार्डमा प्राप्त फ्रिकिक प्रहारबाट उनले सशक्त गोल गरेकी हुन् । ४५औं मिनेटमा आर्मीको सातौं गोल सन्जु कुमालबाट सम्भव भयो । विमला चौधरीको क्रसमा दुई खेलाडी मिस गरेपछि सन्जुले वान टच गोल गरिन् । इन्जुरी समयमा दीपाले ह्याट्रिक पूरा गरिन् । दीपा राईको पासमा उनले गोलकिपरलाई पनि छक्याउँदै तेस्रो गोल गरेकी हुन् ।

यससँगै आर्मीले पहिलो हाफमै ८–० को फराकिलो अग्रता लियो । दोस्रो हाफमा पनि आर्मीले लगातार दबाब बनाउँदै ६ गोल ग¥यो । दीपाले ५४औं मिनेटमै गोल गर्दै आफ्नो गोलसंख्या चार पु¥याइन् । उनले नै ६२औं मिनेटमा पाँचौं व्यक्तिगत गोल गरेपछि आर्मीको अग्रता १०–० मा पुग्यो । दुई मिनेट नबित्दै विमला विकले आर्मीका लागि ११औं गोल गरिन् । यससँगै सुदूरपश्चिम पूर्ण दबाबमा पर्यो । यद्यपि, ६८औं मिनेटमा सुदूरपश्चिमले आत्मघाती गोल पायो ।

सुदूरपश्चिमको लामो फ्रिकिक प्रहार आर्मीकी डिफेन्डर निलम सिंहले आफ्नो गोलकिपर कोपिला खड्कालाई हेड पास दिने प्रयासमा आफ्नै पोस्टमा गोल गर्न पुगिन् । आर्मीकी अनिता लम्जेलले ८२औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई १२–१ को अग्रता बनायो । निर्धारित समय सकिन तीन मिनेट बाँकी आर्मीले दुई गोल थप्यो । सावित्रीदेविले आर्मीका लागि १३औं गोल गरिन् । अनिताले नै इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई १४–१ को फराकिलो जित दिलाइन् ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?