Trending
>>   महिला साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री दशरथ रङ्गशाला जाने >>   उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली >>   आज काग तिहार, कागको पूजा आराधना गरिँदै >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक १४ गते बुधबार, हेर्नुहोस आजको राशिफल >>   नयाँ भूमि समस्या समाधान आयोग गठन >>   कुलमानलाई हटाउने बिषयमा मन्त्रिपरिषद्को यस्ताे निर्णय >>   पुस्तकालय हाेइन आइडिया सेन्टर >>   भाइटीकाकै दिन वर्षाको पूर्वानुमान ! >>   कुलमानलाई हटाउन सिंहदरबारमा मन्त्रिपरिषद् बैठक !
Logo
१४ कार्तिक २०८१, बुधबार
१४ कार्तिक २०८१, बुधबार

एन्फा महिला लिगमा संकटा र कोशीको बराबरी


काठमाडौं। संकटा फुटबल क्लव र कोशी प्रदेशले एन्फा महिला फुटबल लिगमा शनिवार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यससँगै शनिवारका दुवै खेलमा बराबरीकै नतिजा निक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको पहिलो खेलमा पनि नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवले १–१ गोलको बराबरीको नतिजा सामना गरेका थिए । कोसीले शनिवार संकटासँग अंक बाँडेसँगै लिगको अंकतालिकामा दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । दुवै तर्पmबाट राम्रा अवसर सिर्जना भएपनि गोल भने हुन सकेन । संकटा र कोबीले गोल गर्ने सुन्दर अवसर खेर फाल्दा अंक बाँड्नु परेको हो । यो खेलमा संकटाकी मनिषा थापामगर प्लेयर अफ दी म्याच घोषित भइन् ।

पाँच खेलबाट संकटा १० अंकसहित तेस्रो स्थानमा यथावत छ । एक खेल कम खेलेको एपिएफको समान १० अंक नै भएपनि दोस्रो स्थानमा छ । संकटाविरुद्धको जितले कोशीले वरीयतामा सुधार गर्ने थियो । तर कोशीले सफलता पाउन सकेन । यता संकटा समान खेलबाट पाँच अंकसहित सातौं स्थानमायथावत छ । शनिबार नै सम्पन्न विभागीय डर्बीमा नेपाल पुलिस र त्रिभुवन आर्मीले १–१ गोलको बराबरी नतिजा सामना ग¥यो । पुलिसकी अमृता जैसी र आर्मीकी अमिशा कार्कीले गोल गरे । दशरथ रंगशालामा भएको खेलमा पुलिसले अग्रता जोगाउन नसक्दा अंक बाँड्नुपरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमै सकियो । तर, दोस्रो हाफको शुरुवातमै पुलिसले अग्रता लियो । ४८ औं मिनेटमा अमृताको फ्रिकिक गोलबाट पुलिसले अग्रता लिएको थियो । आर्मीकी दीपा राईले अनुष्का शेर्पालाई लडाएपछि पुलिसले फ्रिकिक अवसर पायो । करिब २३ यार्डबाट पुलिसकी कप्तान अमृताले गरेको टप कर्नर प्रहार आर्मीकी गोलकिपर अन्जना रानामगरले समाए पनि फुत्काइन् । तर आर्मी काउन्टर अट्याकबाट खेलमा फर्कियो ।

पुलिसकले गरेको कर्नर प्रहारमा हेडर क्लियर गर्दै आर्मीले काउन्टर मुभ बनाउँदै सफलता पनि पायो । दीपा शाहीले बनाएको काउन्टर प्रयासमा यो गोल भएको हो । दीपाले दिएको उत्कष्ट पास नियन्त्रणमा लिँदै अमिशाले ६३ औं मिनेटमा २० यार्ड टाढाबाट लोभलाग्दो गोल गरेकी हुन् । पुलिसकी गोलकिपर उषा नाथअगाडि बढेको अवस्थामा अमिशाले बक्स बाहिरबाटै चिप गर्दै बललाई जाली चुमाएकी हुन् ।

यससँगै पुलिसकी उषाले यस लिगमा पहिलो गोल पनि सामना गरिन् । यसपछिको बाँकी समयमा दुवै तर्फ़बाट गोल हुन सकेन र खेल बराबरीमै सकियो । यो नतिजासँगै पाँच खेलबाट ११ अंक जोडेको पुलिस शिर्ष स्थानमा छ । समान खेलबाट आर्मी १० अंकका साथ दोस्रो स्थानमा उक्लियो ।


प्रकाशित मिति: २९ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?