Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

राष्ट्रिय खेलकुदका लागि दशैँअघि नै भौतिक पूर्वाधारको काम सकिन्छः मन्त्री चौधरी


काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार निर्माण दशैँअघिसम्म सकिसक्ने बताएका छन् ।

मन्त्री चौधरीले दशौँ राष्ट्रिय खेलकुदका सुसम्पन्न गर्न उत्साहका साथ सरकारले ६० करोड रुपैयाँ बजेट छुट्याएको बताउदै उनले  अबको केही दिनदेखि नै दशौं राष्ट्रिय खेलकुदको गतिविधि व्यापक रुपमा शुरुवात हुने दाबी गरेका छन् । उनले सबैभन्दा ठूलो चुनौतिको रुपमा ६ हजार खेलाडीहरुको लागि बस्ने र खाने होटलको व्यवस्थापन रहेकोले  उक्त व्यवस्थापन केही जटिल देखिए पनि सरकारले गम्भीरताका साथ काम गरिरहेको बताएका छन् । उनले दशैँअघि नै युवा नीति घोषणा गर्ने पनि  बताएका छन्। ।

मन्त्री चौधरीले अहिले सरकारलाई खेलाडीलाई रोजगारी, स्वास्थ्य, शिक्षाको ग्यारेन्टी गर्नुपर्ने चुनौति रहेको बताउदै  त्यसका लागि मन्त्रालयले पहल अघि बढाइरहेको बताए। उनले युवाहरु विदेश पलायन हुनु पनि अहिलेको मुख्य समस्या रहेको बताए  ।


प्रकाशित मिति: २९ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?