Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

एन्फा महिला लिगः आर्मीसँग वागमती ३-० ले पराजित


काठमाडौं। एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लवले वागमती प्रदेशलाई तीन—शुन्यको सहज नतिजामा हराएको छ ।

एन्फा खेल मैदानमा भएको खेलमा वागमतीलाई हराएर आर्मी लिगको दोस्रो स्थानमा उक्लियो । खेलको २६ औं मिनेटमा आर्मीले अग्रता बनायो। विमला चौधरीले गोल गरिन् ।

पहिलो हाफ आर्मीले एक शुन्यको अग्रता बनायो । वागमती दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । ६१ औं मिनेटमा अमिशा कार्कीले गोल गर्दै अग्रता सुगुना गरिन् ।

वागमतीकी सञ्जु थिगंले आत्मघाती गोल उपहार दिँदा आर्मीले वागमतीलाई तीन शुन्यले हरायो । यो जितमा आर्मीले तीन अंक जोडेको छ । आर्मी ४ खेलबाट ९ अंक जोड्दै दोस्रो स्थानमा उक्लियो ।

पराजित वागमती ३ अंकका साथ सातौं स्थानमा छ ।


प्रकाशित मिति: २७ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?