Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

एन्फा महिला लिगः आर्मीसँग वागमती ३-० ले पराजित


काठमाडौं। एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लवले वागमती प्रदेशलाई तीन—शुन्यको सहज नतिजामा हराएको छ ।

एन्फा खेल मैदानमा भएको खेलमा वागमतीलाई हराएर आर्मी लिगको दोस्रो स्थानमा उक्लियो । खेलको २६ औं मिनेटमा आर्मीले अग्रता बनायो। विमला चौधरीले गोल गरिन् ।

पहिलो हाफ आर्मीले एक शुन्यको अग्रता बनायो । वागमती दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । ६१ औं मिनेटमा अमिशा कार्कीले गोल गर्दै अग्रता सुगुना गरिन् ।

वागमतीकी सञ्जु थिगंले आत्मघाती गोल उपहार दिँदा आर्मीले वागमतीलाई तीन शुन्यले हरायो । यो जितमा आर्मीले तीन अंक जोडेको छ । आर्मी ४ खेलबाट ९ अंक जोड्दै दोस्रो स्थानमा उक्लियो ।

पराजित वागमती ३ अंकका साथ सातौं स्थानमा छ ।


प्रकाशित मिति: २७ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?