Trending
>>   संघीय निजामती सेवा विधेयक एकात्मक शासन व्यवस्थाको मानसिकता राखेर आयो >>   एउटै व्यक्तिले विद्युत अनुमतिपत्र होल्ड गर्ने प्रवृत्ति कानूनी रुपमा अन्त्य गर्नुपर्छः सांसद शर्मा >>   निजी क्षेत्रको लगानी संकुचित बनाउने गरी विद्युत विधेयक आउनु हुँदैनः महामन्त्री थापा >>   राष्ट्रिय सभाको गरिमा बढाउन जरुरी:सांसद पदमबहादुर परियार >>   संघीयताको सन्तुलित कार्यान्वयन नभएको:सांसद पूजा चौधरी >>   प्रशासनिक र राजनीतिक संघीयताको बहस नहुँदा प्रदेश र स्थानीय सरकार अलमलमा:सांसद शेर्पा >>   प्रदेश सरकारसँग समेत राष्ट्रिय सभाको कडी टुटेको:सांसद रेणु चन्द >>   संविधानको कार्यान्वयनमा गम्भीर बनौँः अध्यक्ष दाहाल >>   संविधान संशोधन समावेशितालाई थप सुदृढ गर्नका लागि होः गृहमन्त्री लेखक >>   स्थानीयवासी भन्छन्ः अबको केही वर्षमा हिमाल पहाडी क्षेत्रका बस्ती खाली हुनेछन्
Logo
९ पुष २०८१, मंगलवार
९ पुष २०८१, मंगलवार

आइसिसी विश्वकप लिग–२ को आगामी श्रृंखलामा सबैले आफ्नो भुमिका अनुरूप खेल्नेछन्– प्रशिक्षक मोन्टी


काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आइसिसी विश्वकप लिग–२ को आगामी श्रृंखलामा हरेक खेलाडीले आफ्नो जिम्मेवारीअनुरुप भुमिका निर्वाह गर्ने बताएका छन् ।

घरेलु मैदानमा भएको लिग–२ को पहिलो श्रृंखला सुखद् नभएको उल्लेख गर्दै प्रशिक्षक मोन्टीले क्यानडा र अमेरिकामा हुने दुई श्रृंंखलामा राम्रो नतिजा प्राप्त गर्ने आशा व्यक्त गरेका हुन् । नेपालले आइसिसी विश्वकप लिग–२ साइकलअनुरूपमा क्यानडामा दोस्रो र अमेरिकामा तेस्रो श्रृंखला खेल्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार आयोजना गरेको विदाई कार्यक्रममा प्रशिक्षक मोन्टीले यी श्रृंखलाका लागि क्यानले भारत र श्रीलंकामा व्यवस्थापन गरेको प्रशिक्षण क्याम्प उपयोगी सावित हुने आशा गरे। यस क्रममा खेलाडीले फरकफरक प्रशिक्षकसँग सिक्ने अवसर पाएको उल्लेख गर्दै त्यहाँबाट सिकेका स—साना पक्ष आगामी खेलमा उपयोगी हुने उल्लेख गरेका हुन् । उहाँले जित र हार आफ्नो हातमा नभए पनि जितको मानसिकता हुनुपर्ने बताएका छन् ।

क्यानले आइसिसी विश्वकप लिग–२ को श्रृंखलाका लागि क्यानाडा जाने टोलीको विदाई गरेको छ । मंगलवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलगायतको उपस्थिती थियो । नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण बलर सन्दीप लामिछानेले भारत र श्रीलंकामा गरेको अभ्यासले आगामी श्रृंखलामा मद्दत पुग्ने आशा व्यक्त गरेका छन् । उनले आफ्नो टोली सन्तुलित रहेको पनि उल्लेख गरे । लामो समयपछि एकदिवसीय टोलीमा फर्किएकाले खेल्न उत्साहित रहेको सन्दीपको भनाइ छ । व्यवसायिक खेलाडी भएपछि सबै किसिमको चुनौती सामना गर्न तयार हुनुपर्ने र त्यसैले आगामी श्रृंखलामा हुने हरेक चुनौतीका लागि सबै जना तयार रहेको सन्दीपले बताएका छन् ।

नेपालले आगामी सेप्टम्बर १६ देखि २० सम्म हुने एकदिवसीय श्रृंखलामा घरेलु टोली क्यानाडा र ओमानसँग खेल्दैछ । नेपालले सेप्टेम्बर १६ मा क्यानाडासँग खेल्दै श्रृंखलाको शुरुवात गर्नेछ । नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानाडा र २४ मा ओमानको समाना गर्नेछ । एकदिवसीय श्रृंखलापछि यी तीनै टोली सम्मिलत ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृंखला पनि हुनेछ । श्रृंखलामा नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानाडा तथा सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ ।

त्यसपछि नेपाल लिग–२ नै खेल्न अमेरिका प्रस्थान गर्नेछन् । अमेरिका, नेपाल र स्कटल्याण्डबीच त्रिकोणात्मक र ट्वान्टी–२० दुवै श्रृंखला हुनेछ । यसअघि सन्दीपले अमेरिका प्रवेशको भिसा पाएका थिएनन् । यद्यपि, यसपल्ट सकरात्मक सन्देश प्राप्त भएको र उनीमाथि लागेको आरोपबारे पनि फैसला भएकाले सन्दीपले भिसा पाउनेमा आशावादी रहेको क्यानका सचिव पारस खड्काले बताएका छन् ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपाल र क्रिकेट पर्यायवाचीजस्तै भएको उल्लेख गर्दै देशलाई चिनाउने काम नेपाली क्रिकेट खेलाडीले देशलाई संसारभर चिनाएको बताएका छन् ।

क्यानले यो भ्रमणका लागि जगत टमाटालाई सहाल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको जानकारी दियो । नेपालले पहिलो श्रृंखला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो थियो । उक्त श्रृंखलामा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्याण्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो । नेपाली टोलीमा सन्दीपसँगै रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी करण केसी, गुल्शनकुमार झा, रिजन ढकाल र ललितनारायण राजवंशी छन् ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?