Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

काभा क्लव महिला भलिबलमा स्वर्ण जित्ने पुलिसको लक्ष्य


काठमाडौं। माल्दिभ्समा हुने काभा महिला क्लव भलिबल च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने नेपालको पुलिस टोलीले स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

आगामी सेप्टेम्बरमा १५ देखि माल्दिभ्सको मालेमा पहिलोपल्ट महिला क्लव भलिबल च्याम्पियनसिप शुरु हुँदैछ । उक्त च्याम्पियनसिपमा नेपालको लिग च्याम्पियन नेपाल पुलिस क्लवले प्रतिष्पर्धा गर्दैछ । पुलिसले यसै च्याम्पियनसिपका लागि करिव एक महिना प्रशिक्षण गर्दै आएको छ । प्रशिक्षक रूपेश विष्टले लामो समयदेखि प्रभावकारी प्रशिक्षणसँगै सन्तुलित टोली रहेकाले सुखद् नतिजा पाउने आशा गरेका छन् । यसै च्याम्पियनसिपका लागि पुलिसले बाहिरको क्लबबाट पनि खेलाडी भित्राएको छ ।

एपिएफकी स्पाइकर सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्युडायमन्डकी मिडल ब्लकर सुमित्रा रेग्मीलाई पुलिसले मालेमा हुने च्याम्पियनसिपका लागि भित्राएको हो । त्यसबाहेक पुलिसमा राष्ट्रिय टोलीका चार खेलाडी छन् । महत्वपूर्ण आउट साइड हिटर उषा भण्डारी र पुनम चन्द, अपोजिट हिटर कामना विष्ट, लिबेरो शान्तीकला तामाङले गत महिना मात्र काभा महिला नेसन्स लिगमा नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए । त्यसबाहेक टोलीमा अनुभवी सेटर कमला पुन छिन् । उनलाई सरस्वती कट्टेलले सघाउनेछिन् । लक्ष्मी चन्द अपोजिट सेटर, कोपिला राना मिडल ब्लकर र मनिषा चौधरी गरी पुलिसको टोलीमा कुल १४ खेलाडी छन् । थप चार अफिसियलसहित पुलिस कुल १८ सदस्यीय टोलीसहित माल्दिभ्स प्रस्थान गर्र्दैछ ।

यस च्याम्पियनसिपका लागि आयोजक माल्दिभ्सको दुई टोलीसहित नेपाल, उज्वेकिस्तान, किर्गिस्तान र श्रीलंकाका लिग च्याम्पियनले चुनौती प्रश्तुत गर्ने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । यद्यपि, केही दिनमा सहभागी टोली र समूहचरणबारे टुङ्गो लाग्ने चन्दले बताउनु भयो ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?