Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

राखेपद्वारा एरिका र पलेशासहित १८ खेलकर्मी सम्मानित


काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एसियन गेम्समा रजत पदक विजेता करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ गरी कुल पाँच खेलाडीसहित १८ खेलकर्मीलाई सम्मान गरेको छ ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको सभामण्डपमा बुधवार राखेपले आफ्नो ६१ औं वार्षिकोत्सवका अवसरमा सिनियर महिलामा एरिका र पुरुषमा स्यान्टुलाई सम्मान गरेको हो । दुवै समान एक लाख नगद पुरस्कारसहित सम्मानित भए । जुनियरतर्फ पुरुष क्रिकेटका दीपेश कँडेल र महिलामा एथ्लेटिक्सकी देविकीकुमारी धामी सम्मानित भए । राखेपले दुवैलाई समान ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । पारातर्फको  पुरस्कार पेरिस पारालिम्पिक र चौथो पारा एशियन गेम्सकी ऐतिहासिक काँस्य पदक विजेता पलेशा गोवद्र्र्धनले प्राप्त गरिन् ।

उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । सोही अवसरमा राखेपले पलेशााका प्रशिक्षक कविराज नेगी लामा र आमाबुबालाई पनि कदरपत्रसहित सम्मान गरेको थियो । यता, करातेकी एरिका गुरुङका प्रशिक्षक कुशल श्रेष्ठले भने राखेपको करार प्रशिक्षकतर्फ  पुरस्कार पाए । उनलाई नगद १० हजार रुपैयाँसहित राखेपले सम्मान गरेको हो । वर्ष उत्कृष्ट पत्रकारको अवार्ड नागरिक दैनिक पत्रकार अनिल मल्ल ठकुरी र अनलाइन खबरकी पत्रकार नमिता दाहालले प्राप्त गरिन् ।

राखेपले वार्षिकोत्सवको अवसरमा प्राविधिक र प्रसाशनिकतर्फ पनि उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको थियो । यस वर्षको सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार कबड्डीका प्रशिक्षक विष्णुदत्त भट्टले पाए । यसै विधाको प्रशासनतर्फ हीराप्रसाद पौडेल सम्मानित भए । राखेपले दुवैलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । उत्कृष्ट परिषद् सेवा पुरस्कार प्राविधिक टेबलटेनिस प्रमुख प्रशिक्षक राजेन्द्र कपाली र प्राविधिकमा विरोधविक्रम जिसी नगद १५ हजार रुपैयाँसहित सम्मानित भए ।

परिषद् सेवा पुरस्कारमा प्राविधिकततर्फ  तेक्वान्दोका बलराम लामा र प्रशासनिकमा दुर्गादेवि बस्नेत सम्मानित भए । दुवै नगद १० हजारसहित सम्मान भएका हुन् । करारकै प्राविधिकमा मेडिकलततर्फ रिल्याक्सोलोजीका कृष्णहरी घिमिरे सम्मानित भए । राखेपले यस अवसरमा उत्कृष्ट खेल संघका रूपमा नेपाल कराते महासंघ, उत्कृष्ट स्थानीय तहका रूपमा घोडाघोडी नगरपालिका र उत्कृष्ट प्रायोजकका रूपमा सूर्य नेपाल प्रालीलाई कदर पत्रसहित सम्मान गरिएको थियो । नेपाली खेलकुदको कार्यकारी निकाय राखेपले खेलाडी र प्रशिक्षकसहित नेपाली खेलकुद क्षेत्रमा विभिन्न भुमिकाबाट योगदान पु¥याउँदै आएका व्यक्तित्व र संघ संस्थालार्ई सम्मान गरेको जनाएको छ ।

राखेपका संरक्षक एवं प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, राखेपका बोर्ड सदस्यहरू एकेन्द्र कुँवर, अन्जना मास्के श्रेष्ठ र विना श्रेष्ठलगायतले सम्मान गरेका थिए । सो अवसरमा राखेपले पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठ, हरिबाबु चौधरी, युवराज लामा, केशवकुमार बिष्ट र रमेश सिलवाललाई पनि सम्मान गरेको थियो।

कार्यक्रममा सिनियर र जुनियरमा समान १÷१ पुरुष÷महिला तथा एक पारा खेलाडीलाई सम्मान भएका हुन् । प्रशासनिक र प्रविधिकमा ८ कर्मचारी (२ करार कर्मचारीसहित), दुई खेल पत्रकार, १ स्थानीय तह, १ प्रायोजक तथा १ राष्ट्रिय खेल संघलाई पुरस्कृत भएका थिए । स्थानीय तह, प्रायोजक र राष्ट्रिय खेल संघलाई कदर पत्र तथा बाँकीलाई कदर पत्रसहित नगद पुरस्कारबाट सम्मानि भए । सोही अवसरमा राखेपमा २० वर्ष सेवा अवधि पूरा गरेका २ सय ३६ कर्मचारीलाई परिषद् सेवा पदकबाट सम्मानित भए ।


प्रकाशित मिति: २७ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?