Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

एन्फा महिला लिग फुटबलमा संकटाको पहिलो जित, कोशीको पहिलो हार


काठमाडौं। ‘ए’ डिभिजन क्लवका रूपमा एन्फा महिला फुटबल लिग खेलेको संकटाले बुधवार कर्णाली प्रदेशमाथि २–० को जित निकालेको छ ।

जारी एन्फा महिला लिगमा चौथो खेलमार्र्पmत संकटाले पहिलो सफलता पाएको हो । यता, बुधवार नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लवले पनि कोशी प्रदेशमाथि ४–० को जित निकालेको थियो । यसअघि तीन खेल गुमाएको संकटालाई पहिलो सफलता दिलाउन दुई विदेशी खेलाडीको भ्ुमिका रह्यो । संकटाको जितमा सेलिना एनिमा र टेमिलोप जेनिफरले गोल गरेकी हुन् । कर्णालीले पहिलो हाफमा संकटालाई रोक्ने प्रयास गरेको थियो ।

तर सफलता पाउन भने सकेन । पहिलो हाफको थप समयमा एनिमाले गोल गर्दै संकटालाई अग्रता दिलाइन् । यससँगै दोस्रो हाफअगाडि संकटाले अग्रता लियो । ५५ औं मिनेटमा संकटाले अग्रता दोब्बर बनायो । संकटाको दोस्रो गोल पनि विदेशी खेलाडी तेमिलोप जेनिफरबाट सम्भव बन्यो । यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र संकटाले पहिलो तीन अंक बटुल्यो । जितसँगै चार खेलबाट चार अंक जोडेको संकटा छैटौं स्थानमा उक्लिएको छ । लगातार तेस्रो हार व्यहोरेको कर्णाली समान खेलबाट एक अंकका साथ नवौं स्थानमा छ ।

यसअघि त्रिभुवन आर्मी फुटबल क्लव र वालिङ नगरपालिकासँग हार व्यहोरेको संकटाले चन्द्रपुर नगरपालिकासँग बराबरी खेलेको थियो । यता चन्द्रपुरसँग बराबरी खेलेको कर्णालीले भने वालिङ नगरपालिका र कोशी प्रदेशसँग हार व्यहोरेको थियो । बुधवार नै विभागीय टोली नेपालले बलियो मोफसलको टोली कोसी प्रदेशविरुद्ध हाबी भयो । एन्फा कम्प्लेक्समा पुलिसको जितमा अनुष्का शेर्पा, मनीषा उपाध्याय, सम्झना लावती र अमृता जैसीले गोल गरे । खेलको २४औं मिनेटमा अनुष्काको गोलमार्फत पुलिसले अग्रता लिएको थियो ।

त्यो गोलबाट नै पुलिसले पहिलो हाफमा अग्रता बनायो । तर, दोस्रो हाफमा पुलिसले तीन गोल थप्दै जारी लिगमा राम्रो प्रदर्शन गरिरहेको कोशीमाथि हाबी भयो । दोस्रो हाफको सुरुआतमै पुलिसले अग्रता दोब्बर बनायो । ४६ औं मिनेटमा निर्मला उपाध्यायले गोल गरेकी हुन् । सम्झनाले ८०औं मिनेटमा गोल गरेपछि पुलिस ३–० ले अगाडि रह्यो । निर्धारित समय सकिन दुई मिनेट बाँकी पुलिसले चौथो गोल थप्यो । अमृता जैसीले गोल गरेपछि पुलिसले कोसीमाथि ४–० को सहज जित निकालेको हो ।

लगातार तेस्रो जितसँगै चार खेलबाट १० अंक जोडेको पुलिस शिर्ष स्थानमा उक्लिएको छ । पहिलो हार व्येहोरेको कोशी समान खेलबाट ९ अंकका साथ दोस्रो स्थानमा झरेको छ । यसअघि विभागीय प्रतिद्वन्द्वी एपिएफसँग बराबरीमा रोकिएको पुलिसले सुदूरपश्चिम र बागमतीलाई पराजित गरेको थियो । यसअघि कोशीले भने वालिङ नगारपालिका, बागमती युवा क्लब र कर्णाली प्रदेशलाई हराएको थियो ।


प्रकाशित मिति: २७ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?