Trending
>>   सरकार संसदलाई अवमूल्यन गरिरहेको छः माओवादी सांसद सापकोटा >>   बालकार्य र बालश्रम छुट्याउन जरुरीः मन्त्री भण्डारी >>   गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड रािखएको होः मन्त्री गुरुङ >>   पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल >>   वैकल्पिक विकास वित्त विधेयकले आर्थिक क्षेत्रको विविधिकरण र विकासका लागि सकारात्मक पहल गर्ने सांसदहरुको विश्वास >>   संसद विघटन गर्दा मलाई कुनै दबाब थिएन, सरकारको निर्णय कार्यान्वयन गरेकी हुँः पूर्वराष्ट्रपति भण्डारी >>   विधान महाधिवेशनमा मेरो भुमिका केन्द्रिय कमिटीले गरेको निर्णयमा भर पर्छः एमाले नेतृ भण्डारी >>   रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का >>   अनौपचारिक क्षेत्र औपचारिकीकरण भएपछि प्रतिष्पर्धा बढ्छः अध्यक्ष ढकाल >>   वर्ष दिनमा ननुहाउने हिमालवासीहरु अहिले दिनको एक पटक नुहाउँछौँ, यो उपलब्धि होइन ? : सांसद…
Logo
१ श्रावण २०८२, बुधबार
१ श्रावण २०८२, बुधबार

एन्फा महिला लिग फुटबलमा संकटाको पहिलो जित, कोशीको पहिलो हार


काठमाडौं। ‘ए’ डिभिजन क्लवका रूपमा एन्फा महिला फुटबल लिग खेलेको संकटाले बुधवार कर्णाली प्रदेशमाथि २–० को जित निकालेको छ ।

जारी एन्फा महिला लिगमा चौथो खेलमार्र्पmत संकटाले पहिलो सफलता पाएको हो । यता, बुधवार नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लवले पनि कोशी प्रदेशमाथि ४–० को जित निकालेको थियो । यसअघि तीन खेल गुमाएको संकटालाई पहिलो सफलता दिलाउन दुई विदेशी खेलाडीको भ्ुमिका रह्यो । संकटाको जितमा सेलिना एनिमा र टेमिलोप जेनिफरले गोल गरेकी हुन् । कर्णालीले पहिलो हाफमा संकटालाई रोक्ने प्रयास गरेको थियो ।

तर सफलता पाउन भने सकेन । पहिलो हाफको थप समयमा एनिमाले गोल गर्दै संकटालाई अग्रता दिलाइन् । यससँगै दोस्रो हाफअगाडि संकटाले अग्रता लियो । ५५ औं मिनेटमा संकटाले अग्रता दोब्बर बनायो । संकटाको दोस्रो गोल पनि विदेशी खेलाडी तेमिलोप जेनिफरबाट सम्भव बन्यो । यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र संकटाले पहिलो तीन अंक बटुल्यो । जितसँगै चार खेलबाट चार अंक जोडेको संकटा छैटौं स्थानमा उक्लिएको छ । लगातार तेस्रो हार व्यहोरेको कर्णाली समान खेलबाट एक अंकका साथ नवौं स्थानमा छ ।

यसअघि त्रिभुवन आर्मी फुटबल क्लव र वालिङ नगरपालिकासँग हार व्यहोरेको संकटाले चन्द्रपुर नगरपालिकासँग बराबरी खेलेको थियो । यता चन्द्रपुरसँग बराबरी खेलेको कर्णालीले भने वालिङ नगरपालिका र कोशी प्रदेशसँग हार व्यहोरेको थियो । बुधवार नै विभागीय टोली नेपालले बलियो मोफसलको टोली कोसी प्रदेशविरुद्ध हाबी भयो । एन्फा कम्प्लेक्समा पुलिसको जितमा अनुष्का शेर्पा, मनीषा उपाध्याय, सम्झना लावती र अमृता जैसीले गोल गरे । खेलको २४औं मिनेटमा अनुष्काको गोलमार्फत पुलिसले अग्रता लिएको थियो ।

त्यो गोलबाट नै पुलिसले पहिलो हाफमा अग्रता बनायो । तर, दोस्रो हाफमा पुलिसले तीन गोल थप्दै जारी लिगमा राम्रो प्रदर्शन गरिरहेको कोशीमाथि हाबी भयो । दोस्रो हाफको सुरुआतमै पुलिसले अग्रता दोब्बर बनायो । ४६ औं मिनेटमा निर्मला उपाध्यायले गोल गरेकी हुन् । सम्झनाले ८०औं मिनेटमा गोल गरेपछि पुलिस ३–० ले अगाडि रह्यो । निर्धारित समय सकिन दुई मिनेट बाँकी पुलिसले चौथो गोल थप्यो । अमृता जैसीले गोल गरेपछि पुलिसले कोसीमाथि ४–० को सहज जित निकालेको हो ।

लगातार तेस्रो जितसँगै चार खेलबाट १० अंक जोडेको पुलिस शिर्ष स्थानमा उक्लिएको छ । पहिलो हार व्येहोरेको कोशी समान खेलबाट ९ अंकका साथ दोस्रो स्थानमा झरेको छ । यसअघि विभागीय प्रतिद्वन्द्वी एपिएफसँग बराबरीमा रोकिएको पुलिसले सुदूरपश्चिम र बागमतीलाई पराजित गरेको थियो । यसअघि कोशीले भने वालिङ नगारपालिका, बागमती युवा क्लब र कर्णाली प्रदेशलाई हराएको थियो ।


प्रकाशित मिति: २७ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?