Trending
>>   आज २०८१ साल पौष १७ गते बुधबार ,हेर्नुहोस आजको राशिफल >>   मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छः सांसद सिंह >>   बालविवाह न्युनिकरणका लागि तीनै तहको सरकारको सहकार्य जरुरी: मन्त्री राई >>   भन्सार प्रणालीलाई नयाँ प्रविधिमैत्री बनाउने गरी ऐन बनाउनुपर्छः पूर्वअर्थमन्त्री महत >>   भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाइ र लगानी आकर्षित गर्न सरकारले नयाँ भन्सार ऐन ल्याएको होः अर्थमन्त्री… >>   मालदार र बद्नाम अड्डाबाट भन्सारलाई रुपान्तरण गर्नेगरी ऐन बनाउनुपर्छः उपसभापति वाग्ले >>   भण्डारण गरिने जलस्रोतका परियोजनाहरुको सम्बन्धमा छुट्टै ऐन बनाउन आवश्यकः सूर्यनाथ उपाध्याय >>   हवाई उडानको अनुमति दिने/नदिने विषय स्थानीय तह र राष्ट्रिय निकुञ्जको होइन, कारबाही हुन्छः महानिर्देशक अधिकारी >>   नेपाल कम्युनिष्ट पार्टीले फागुन २१ देखि झापा—कञ्चनपुर जनमार्च गर्ने >>   बालविवाहको समस्याले समग्र देश प्रताडित : मन्त्री जयसवाल
Logo
१७ पुष २०८१, बुधबार
१७ पुष २०८१, बुधबार

खेलकुद


सीताराम कोइरालालाई खेलकुद पत्रकारिता पुरस्कार

३० वैशाख, काठमाडाैँ । युवा तथा खेलकुद मन्त्रालयले बागमती प्रदेशका सीताराम कोइरालालाई यस वर्षको खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । मन्त्रालयबाट प्रकाशित सूचनाको म्यादभित्र प्राप्त आवेदनका मूल्याङ्कनका आधारमा उक्त पुरस्कारका लागि उनको नाम छनोट भएको हो । पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र छ । महिला

राष्ट्रिय रग्बी प्रतियोगिता इलामको माई नगरपालिकामा हुने

२९ वैशाख ,मङ्गलबारे । राष्ट्रिय रग्बी प्रतियोगिता जेठ २६ र २७ गते इलामको माई नगरपालिकामा आयोजना हुने भएको छ । माई नगरपालिका–४ शुक्रबारे बजारमा रहेको मैदानमा प्रतियोगिता सञ्चालन हुने आज इलाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो जिल्लाकै पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता हुन लागेको रग्बी सङ्घ इलाम जिल्ला अध्यक्ष

नेपाल आए ‘मिस्टर सुप्रानेसनल प्रथ्मेश’

तेस्रो संस्करणको ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२३’ मा प्रस्तिस्पर्धा गरिरहेका अन्तिम एक्काइस प्रतियोगीमध्ये विजेता छान्न ‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्गकार नेपाल आएका छन् । बुधबार साँझ नेपाल आइपुगेका मौलिङ्गकारले टप मोडल राउण्ड, स्वीमर राउण्ड, प्रि–जज राउण्ड र फाइनलमा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । “म नेपाल आउँन एकदमै

भीमनारायण कप : पहिलो खेलमा विराटनगर विजयी

२७ वैशाख ,धनकुटा । धनकुटा जिल्लाको सबैभन्दा बढी पुरस्कार राशि भएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५औँ संस्करण आजदेखि सुरु भएको छ । धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन भइरहेको खेलको उद्घाटन खेलमा पेमा युवा क्लब विराटनगर विजयी भएको छ । विराटनगरले आयोजक धनकुटालाई टाइब्रेकर (पेनाल्टी) मा ४–२ गोल अन्तरले पराजित गरेको

‘ए’ डिभिजन लिग फुटबल

२६ वैशाख ,काठमाडौँ । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा सङ्कटा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा सङ्कटाले सातदोबाटोलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । सङ्कटाको जितमा दुवै गोल युसेफ एट्रिसले गरे । उनले खेलको १४औँ मिनेटमा पहिलो

आयुब र रुपेशलाई स्वर्ण

२६ वैशाख ,काठमाडौँ । नेपाली खेलाडी आयुब घिमिरे र रुपेश खतिवडाले विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । भारतको जम्मु कस्मिरमा मे ५ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा उनीहरुले कुङफुको सान्डामा स्वर्ण जितेको बूढानीलकण्ठ कुङफुका प्रमुख प्रशिक्षक सुकमान लामाले जानकारी दिए । विश्व मिक्स बक्सिङ महासङ्घले आयोजना गरेको उक्त

मेसी पिएसजीको प्रशिक्षणमा फर्किए

२६ वैशाख, एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले क्लबको अनुमति बिना साउदी अरब भ्रमण गरेको भन्दै अर्जेन्टिनाका सुप्रसिद्ध स्ट्राइकर लियोनल मेस्सीलाई निलम्बन गरेपनि सोमबार पुनः प्रशिक्षणमा सहभागी गराएको छ । पिएसजीले सामाजिक सञ्जालमा मेसीको तस्बिर पोस्ट गर्दै भनेको छ, “लियोनल मेस्सी सोमबार बिहान प्रशिक्षणमा फर्किएका छन् ।” अप्रिल ३०

करण केसी र साबित्रा भण्डारी वर्ष खेलाडी

२४ वैशाख, पोखरा । सातौँ ‘पोखरा स्पोर्ट्स अवार्ड–२०७९’ को वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी( बागलुङ) र महिलातर्फ फुटबलका साबित्रा भण्डारी (लमजुङ) बनेका छन् । केसीले मनोनयमा परेका आर्चरीका गंगाबहादुर कुँवर (तनहुँ) र टेनिसका प्रदिप खड्का (कास्की)लाई पछाडी पार्दै अवार्ड हात पारेका हुन् ।यस्तै भण्डारीले आर्चरीकी रोजिना थापामगर(बागलुङ) र आइटिएफ

पोखरा स्पोर्टस् अवार्ड : करण र सावित्रा वर्ष खेलाडी घोषित

२३ वैशाख ,कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड करण केसी (बागलुङ) र सावित्रा भण्डारी(लमजुङ)ले जिटेका छन् । पोखरा सभागृहमा आज सम्पन्न अवार्ड समारोहमा पुरुषतर्फ क्रिकेटका केसी र महिलातर्फ फुटबलका भण्डारी वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही

कञ्चनपुरका सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने

२३ वैशाख, कञ्चनपुर । कञ्चनपुरका सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी मे ३ देखि १३ तारिखसम्म दक्षिण कोरियाको जेन्जुमा हुने पुरुष १०९ किलोमाथिको तौल समूहमा २२ वर्षीय भण्डारी भिड्ने छन् । कञ्चनपुरका भारोत्तोलन प्रशिक्षक जीवन गौतमका अनुसार भण्डारी १५ वर्षको उमेरदेखि भारोत्तलनमा समिर्पित छन् ।

सम्वन्धित समाचारहरु