Trending
>>   स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे >>   घण्टी बजाउँदै प्रचार गर्न नपाइने: निर्वाचन आयोगको स्पष्ट आदेश >>   नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने >>   समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ? >>   पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले >>   ‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली >>   ‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: एमाले अध्यक्ष ओली >>   धादिङ बस दुर्घटना : १७ को मृत्यु, २८ घाइते (नामावलीसहित) >>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

विचार


कांग्रेसले दिएको विश्वासको मतलाई कदर गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई कदर गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शुक्रबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले राष्ट्रिय सहमतिमै राष्ट्रपतिको टुङ्गो लगाउने प्रयत्न भइरहेको र आज बेलुकासम्म टुङ्गिने जानकारी दिनुभयो ।

जसपालाई उपराष्ट्रपति दिने सवालमा माओवादी सकारात्मक छ– अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने विषयमा नेकपा (माओवादी केन्द्र) सकारात्मक रहेको बताउनुभएको छ । आज सिंहदरबारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका शीर्षनेतासँगको भेटपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक देखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जबसम्म अहिलेको सरकार

निजामती ऐन बन्ने अन्तिम चरणमा– मन्त्री राई

सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले निजामती ऐन निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभएको छ । धनकुटाको सहिदभूमि गाउँपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले ऐन निर्माणका लागि सरकारले ‘टेबुलेसन’को सबै काम सकेको जानकारी दिनुभयो । “अब निजामती कर्मचारीहरूको समस्याको समाधान चाँडै हुन्छ”, मन्त्री राईले भन्नुभयो । उहाँले जनताका काम सहज

बाँझो जग्गामा सामूहिक आलु खेती

म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी गरेर आलु खेती विस्तार गरेका हुन् । एक महिनादेखि बाँझो जग्गाको झाडी फँडानी गर्ने काम सुरु गरिएकोमा खनजोत सकेर आलु लगाइएको

राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुन्छ : पर्यटन मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुने बताउनुभएको छ । राष्ट्रिय एकताको प्रतीक राष्ट्रपति भएको हुनाले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन हुने उहाँको भनाइ थियो । आज सङ्खुवासभाको तुम्लिङटारमा सञ्चारकर्मीसँग कुरा गर्दै पर्यटनमन्त्री किराँतीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनेमा ढुक्क हुन सबै पक्षलाई

अध्यक्ष नेपाल र चिनियाँ राजदूतबीच भेट

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा आज दिउँसो भएको भेटमा अध्यक्ष नेपालले राजदूत सङलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो । उहाँहरूबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्ष, दुई देशबीचको दौत्य

सहकारीमा सकारात्मक प्रवृत्ति प्रवद्र्धन गरौँ : डा रेग्मी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रूपमा स्थापित रहिआएकाले यसको प्रवद्र्धन गर्नु जरुरी भएको बताउनुभएको छ । धनगढीस्थित नवजीवन सहकारी संस्थाका पदाधिकारीसँगको अन्तक्र्रियामा उहाँले सहकारीको समन्यायिक विकासमार्फत देशमा आर्थिक–सामाजिक रुपान्तरण गर्ने क्षमता बढाउनुपर्छ भन्नुभयो । सचिव रेग्मीले सहकारीका मूलभूत

संस्कृतिका संरक्षणमा विशेष ध्यान दिनुपर्छ : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा रहेका विभिन्न समुदायका मौलिक चाडपर्व र संस्कृतिका संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता रहेको नेपाली समाजमा विभिन्न जातजातिका समुदायले परम्परागतरूपमा मनाउँदै आएको पर्व

प्रदेशको सामर्थ्य बढाउने एकमात्र लक्ष्य : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको सामर्थ्य बढाउनु नै आफ्नो एकमात्र लक्ष्य भएको जानकारी दिनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा सोमबार मुख्यमन्त्रीका सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेशलाई बलियो बनाउन साझा अधिकारका विषयमा कानुन बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेको बताउनुभयो । अधिकार नदिने हो भने प्रदेश सरकार हिजोको जिल्ला

समयमा पाठ्यपुस्तक उपलब्ध गराउन समितिको निर्देशन

दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिनुभएको छ । समितिको आजको बैठकमा उहाँले सो निर्देशन दिनुभएकोह हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले भन्नुभयो, “शैक्षिक क्षेत्रको सुधारमा सङ्घीयताको अनुभूति दिलाउन पुराना ऐन खारेज गरी नयाँ

सम्वन्धित समाचारहरु