Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

पहुँच बाहिर रहेका समुदायलाई विशेष कार्यक्रम चाहिन्छः उपाध्यक्ष अर्याल


राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समुदायलाई लक्ष्य गरी विशेष कार्यक्रम ल्याउन नीतिगत व्यवस्था हुनुपर्नेे बताउनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा विज्ञ डा सुशील बरालको प्रस्तुतिपछि उहाँले तराईका डुम र राउटेलगायत समुदायलाई केन्द्रित गरी स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभएको हो । समिति सभापति दिलकुमारी रावलले कोरोना र डेङ्गुको महामारीका बेला समितिले दिएको सुझाव सरकारले कार्यन्वयन गरेकामा आभार प्रकट गर्दै भविष्यमा स्वास्थ्य सेवालाई चुस्त र प्रभावकारी तुल्याउन कानुनी एवं संरचनागत सुधारका लागि समितिले पहल गरिरहेको बताउनुभयो ।

डा बरालले मानव, जनावर र वातावरणीय स्वच्छताका लागि केन्द्रदेखि स्थानीय तहसम्म एकीकृत अवधारणा तर्जूमा गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अहिले उत्पन्न स्वास्थ्यसम्वन्धी समस्या सम्बोधन गर्न अस्थायीरुपमा टालटुले काम मात्र गर्दैआएका छौँ, अब यो क्षेत्रलाई कसरी अघि बढाउने भनी स्पष्ट खाकासहितको रणनीति बनाउनुपर्छ ।” नेपालमा खोपको अवस्था निकै राम्रो रहेको भनिए पनि केही वर्षअघि नेपालगञ्ज क्षेत्रमा दादुराको प्रकोप नियन्त्रण बाहिर गएको घटनाबाट शिक्षा लिन जरुरी रहेको बताउँदै विज्ञ बरालले आकस्मिकरुपमा आइपर्ने यस्ता चूनौतीलाई सम्बोधन गर्न नविनतम प्रणालीको विकास गरी वृहद कार्यक्रम बनाउनुपर्छ भन्नुभयो । यसअघि बैठकमा समितिका सदस्यले स्वास्थ्य क्षेत्रमा सुधारका लागि व्यावहारिक कार्यविधि र नियम बनाउन बनाउनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य सेवा प्रवाह सेवाग्राही रहेको स्थानबाट कम्तीमा ३० मिनेटको दूरीमा रहनुपर्ने भए पनि देशमा त्यो अवस्था नरहेको जनाइएको थियोे । बैठकमा मुलुकमा एक लाख ३८ हजार बढी गाउँघर क्लिनिक, १६ हजार ५०० बढी खोप केन्द्र, हरेक वडामा छ हजार सात सय ४३ स्वास्थ्य संस्था सञ्चालनमा रहेको तथ्याङक प्रस्तुत गरिएको थियो ।

हरेक प्रदेशमा एउटा सङ्घीय अस्पताल रहेकामा सुदूरपश्चिम बाहेकका प्रदेशमा कम्तीमा एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा हरेक प्रदेशमा एक सरुवा रोग अस्पताल रहेको जानकारी गराइएको थियो । मुलुकमा स्वास्थ्य क्षेत्रका जनशक्ति दुई लाख ६४ हजार आठ सय ४३ रहेकामा २६ हजार चिकित्सक र ९५ हजार नर्स व्यावसायिक परिषद्मा कार्यरत रहेको बताइएको छ । सरकारी निकायमा स्वास्थ्य जनशक्तिको दरबन्दी ३१ हजार पाँच सय ९२ रहेकामा ५१ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयमसेवीका देशभरी समुदाय तहमा परिचालन रहेको जानकारी दिइयो । मुलुकमा सन् २०३० सम्ममा कूल एक लाख ६५ हजार सात सय ८० स्वास्थ्य सेवाका जनशक्ति आवश्यकपर्ने पनि आँकलन गरिएको थियो ।


प्रकाशित मिति: १६ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?