Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सरकारको मुख्य प्राथमिकता सुशासन र विकास : प्रधानमन्त्री दाहाल


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताउनुभएको छ । गोरखामा निर्माणस्थल रहेको माछाखोला जलविद्युत आयोजनाको आज विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उहाँले सरकारको ध्यान सुशासन, सामाजिक न्याय र विकासमा केन्द्रित हुने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले विगतमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको भए पनि यसपटक आफूहरुले स्थायित्व दिनेमा विश्वस्त तुल्याउनुभयो । “यो वर्ष चुनावी वर्षका रुपमा बित्यो । वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेश र सङ्घको अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि निर्वाचन प्रक्रिया पाँच वर्षका लागि सकिएको हुन्छ । यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको छ”, उहाँले भन्नुभयो ।

जलविद्युत् आयोजनाको सफलताको कामना गर्दै उहाँले आगामी दिनमा कम्पनीले अन्य आयोजना पनि अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले आयोजनाको निर्माणमा संलग्न स्वदेश तथा विदेशमा रहेका नेपालीको योगदानका लागि धन्यवाद दिनुभयो ।


प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?