Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

संविधान र जनताको अधिकारको रक्षा गर्ने अभिभारा आएको छ : नेता पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा प्रदान गरेको अधिकारको अभिभारा आएको बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पदान समितिको बैठकले आज उहाँलाई पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भन्नुभयो, “नेपालको संविधानको संरक्षण, राष्ट्रियताको सम्वद्र्धन र नेपाली जनताको उन्नतीको रेखदेख गर्ने अभिभारा र जिम्मेवारी मलाई आउन लागिरहेको छ । यसप्रति म सचेत छु ।” उहाँले आफूलाई सङ्घीय संसद् र प्रदेशसभामा रहेका सबै दलका सबै साथीहरुको अपार स्नेह र सद्भाव रहेको विश्वास व्यक्त गर्नुभयो । नेता पौडेलले भन्नुभयो, “म सबै नेपाली दाजुभाई दिदिबहिनीहरूलाई आग्रह गर्न चाहन्छु ।

हामी सबै मिलेर यो राष्ट्रको जर्गेना गरौँ, संविधानको रक्षा गरौँ ।” उहाँले ७० वर्षसम्म लडेर प्राप्त गरेको राजनीतिक व्यवस्थाको टुङ्गो लगाउन सफल भएको र यसको ठूलो महत्त्व रहेको उल्लेख गर्दै यसमा खेलबाड गर्ने प्रयास नितान्त स्वार्थी प्रयास भएको बताउनुभयो । यसप्रति सबै नेपाली सजग हुनुपर्ने नेता पौडेलको भनाइ थियो । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यही फागुन २५ गते राष्ट्रपति पदका लागि हुने निर्वाचनमा पार्टीका तर्फबाट पार्टीका पूर्व कावा सभापति एवं पूर्वसभामुख पौडेललाई उम्मेदवार प्रस्तुत गर्ने निर्णय गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले नेपालको संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि कांग्रेसद्वारा प्रस्तावित उम्मेदवारलाई विजयी गराउन सबै राजनीतिक दल एवं प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सबै सदस्यमा अनुरोध गरेको छ ।

यसैगरी बैठकले आगामी वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका लागि कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । उक्त उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ । साथै उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा कांग्रेस दल दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?