Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

राष्ट्रिय समस्या समाधानका लागि दलहरुबीच सहमति जरुरी : उपमहासचिव शर्मा


नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय समस्या समाधानका लागि प्रमुख राजनीतिक दलका बीचमा साझा सहमति हुन जरुरी रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकपछि सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै उहाँले सहमतिका आधारमा राष्ट्रपति चयन हुने र मुलुकको समस्या समाधानका लागि पनि सबै दलबीच सहमति जरुरी रहेको बताउनुभयो । उहाँले आफ्नो पार्टी राष्ट्रिय विषयमा प्रमुख दलहरुबीच साझा सहमति हुनुपर्छ भन्ने मान्यतामा रहेको उल्लेख गर्नुभयो । राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने विषयमा आज साँझ बस्ने बैठकले टुङुगो लगाउने उहाँको भनाइ थियो ।

पूर्वअर्थमन्त्री समेत रहनु भएका नेता शर्माले मुलुकको सामु देखिएको आर्थिकलगायतका अन्य समस्या समाधानका लागि दलहरुबीचको एकता जरुरी रहेको बताउनुभयो ।


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?