Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

संविधानको मर्मलाई सम्मान गर्ने राष्ट्रपति आवश्यक छ : उपाध्यक्ष भुसाल


नेकपा (माओवादी केन्द्र)का उपध्याक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले संविधानको मर्म र भावनालाई सम्मान गर्ने व्यक्तिलाई सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताउनुभएको छ । कृषि विकास बैंक कर्मचारी सङ्गठनको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “हामीलाई राजनीतिक दलको प्रनितिधिभन्दा पनि संविधानको संरक्षण गर्ने राष्ट्रपति चाहिएको छ ।” कुनै राजनीतिक दललाई सघाउने गरी राष्ट्रपति पद प्रयोग हुन्छ कि भन्ने आफ्नो पार्टीको चिन्ता रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामीलाई संवैधानिक राष्ट्रपति चाहिएको हो, दलीय भूमिका निर्वाह गर्ने र चर्चामा आउने राष्ट्रपति हामीलाई चाहिएको छैन ।”

वर्तमान राष्ट्रपतिले संविधानको मर्म विपरीत सरकारका कामकारवाहीमा अनावश्यक हस्तक्षेप गरेको आफूले अनुभव गरेको उल्लेख गर्दै उहाँले अब निर्वाचित हुने राष्ट्रपति संविधानको भावनाप्रति प्रतिबद्ध हुने विश्वास व्यक्त गर्नुभयो । देशको समृद्धिका लागि कृषि, ऊर्जा र पर्यटन नै मुख्य क्षेत्र भएको उल्लेख गर्दै उपाध्यक्ष भुसालले कृषिजन्य वस्तुको आयातलाई रोक्न सके पनि देशको अर्थतन्त्र बलियो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कृषिसँग सम्बन्धित वित्तीय क्षेत्रले कृषि क्षेत्रलाई नै केन्द्रित गरेर कार्यक्रम ल्याउन सुझाव दिनुभयो । कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पछिल्लो आर्थिक अवस्थामा देशको अर्थतन्त्रसँगै कृषि विकास बैंकमाथि थुप्रै चुनौती देखा परेको उल्लेख गर्दै त्यसलाई समाधान गर्न सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले मानवीय स्रोत र साधनलाई व्यवस्थित गर्न सकेमात्र कुनै पनि संस्था अगाडि बढ्ने भएकाले यस क्षेत्रमा इमान्दारी कायम हुनुपर्नेमा जोड दिनुभयो । नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका कार्यवाहक अध्यक्ष प्रेम खनालले बैंकको उद्देश्यमा आधारित भएर काम गर्नुपर्ने बताउनुभयो । त्यसैगरी सङ्गठनका निजामतीतर्फका अध्यक्ष हरि रावलले ट्रेड युनियन आन्दोलनलाई व्यस्थित बनाउँदै लैजानुपर्ने बताउनुभयो । शुक्रबार र शनिबार चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा देशभरका तीन सय प्रतिनिधि सहभागी छन् ।


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?