Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

नारायणी नदी किनारमा आरतीस्थल बनाइने


नारायणगढ बजार नजिकै नारायणी नदी किनारमा आरतीस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिकाले सो क्षेत्रका लागि तयार पारेको गुरुयोजनामा पर्ने गरी आरतीस्थल निर्माण गर्न लागिएको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले सो स्थल निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार नदी किनारमा साँझमा आरती गर्न सुन्दर देखिने गरी आरतीस्थल निर्माण गर्न लागिएको हो । नदी किनारमा हाल बगरमा उभिएर नियमित आरती गरिँदै आइएको छ ।

उहाँले भन्नुभयो, “यो स्थल निर्माणसँगै आरती गर्नेका लागि सहज र सुन्दर हुने छ ।” आरतीस्थल २८ मिटर लम्बाइ र पाँच मिटर चौडाइको हुनेछ । उहाँका अनुसार जमिनको सतहबाट केही मिटर अग्लो बनाइने आरतीस्थल ढुङ्गाले छापिने छ । आरतीस्थलको बाहिरी भागमा ‘मोज्याक टायल’ लगाइने छ । सबै क्षेत्रलाई उज्यालो दिने गरी आकर्षक ४५ वटा बत्ती जडान गरिने दाहालले जानकारी दिनुभयो । आरतीस्थलको पूर्व र पश्चिमतर्फको नदी तटीय क्षेत्रमा सिँढी निर्माण गरेर तटबन्ध गरिँदै छ । निर्माण कार्य पनि यसै वर्ष सुरु हँुदैछ । सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख प्रकाश अर्यालका अनुसार आरतीस्थल, देवघाटमा बसपार्क र महानगरभित्रका विभिन्न ठाउँका १८ किलोमिटर सडक कालोपत्र एक साथ ठेक्का सम्झौता गरिएको छ ।

रु ४१ करोड १९ लाखमा ठेक्का लगाइएको हो । १८ महिनामा सम्पन्न हुने गरी महालक्ष्मी ओम सत्यसायी जेभिले निर्माण सम्झौता गरेको छ । आरतीस्थलको काम थोरै भएकाले छिटो सम्पन्न हुने छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नदी किनारमा आरतीस्थल, तटबन्धन, पैदलमार्ग, हरियाली पार्क लगायतको निर्माणको काम एकैसाथ हुन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “आरतीस्थल निर्माणसँगै नदी किनारमा नियमित व्यवस्थित आरती गर्न सहज हुने छ ।” यसले धार्मिक पर्यटक प्रवद्र्धन गर्न सहयोग पुग्ने अधिकारीको भनाइ छ ।


प्रकाशित मिति: १६ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?