Trending
>>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

म्युनिखमा ‘भजन जर्मनी’ सम्पन्न, भक्तिमय वातावरणमा जुटे प्रवासी नेपाली


जर्मनी । म्युनिखमा शनिबार (१ अगस्ट) आयोजित ‘भजन जर्मनी’ कार्यक्रम भक्तिमय वातावरणबीच सम्पन्न भएको छ। मेन्स रुम रिलोडेड (एमआरआर) को आयोजनामा भएको कार्यक्रममा प्रवासी नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा  भजन–कीर्तन प्रस्तुत गरिएको थियो। सामूहिक रूपमा गाइएका भजनले उपस्थित सहभागीलाई आध्यात्मिक अनुभूति दिलाउनुका साथै नेपाली धार्मिक तथा सांस्कृतिक परम्परासँग थप नजिक ल्याएको थियो।

भजनसँगै सहभागीहरूबीच भेटघाट, परिचय र विचार आदान–प्रदानको अवसर पनि मिलेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले प्रवासमा नेपाली समुदायबीच आपसी सद्भाव, आत्मीयता र एकतालाई बलियो बनाउने धारणा व्यक्त गरेका थिए।

आयोजक मेन्स रुम रिलोडेड (एमआरआर) का अनुसार, प्रवासमा रहेका नेपालीलाई आफ्नो धर्म, संस्कृति र मौलिक पहिचानसँग जोडिराख्ने उद्देश्यले ‘भजन जर्मनी’ आयोजना गरिएको हो। आगामी दिनमा पनि यस्ता आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ।


प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?