२४ असार, एजेन्सी । इरानको दक्षिणी शहर शिराजस्थित एक धार्मिक स्थलमा गत वर्ष भएको गोलीकाण्डमा एक दर्जनभन्दा बढी व्यक्तिको हत्या गरेको आरोपमा शनिबार दुई जनालाई सार्वजनिक स्थानमा फाँसी दिने फैसला भएको इरानी एक न्यायपालिकाले जनाएको छ । गत अक्टोबर २६ मा शाह चेरागको शिया मुस्लिम दरगाहमा भएको आक्रमणमा १३ जनाको मृत्यु
२४ असार, एजेन्सी । ब्राजिलमा एक भवन भत्किँदा चार बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा शुक्रबार गएको भूकम्पबाट क्षति पुगेको घर भत्किँदा उनीहरूको मृत्यु भएको राज्यको सामाजिक सुरक्षा सचिवालय (एसडीएस) लाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । सीएनएनका अनुसार ती बालबालिकाको उमेर पाँच,
२३ असार ,इस्लामावाद । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार पाकिस्तानमा प्रि–मनसुन सुरु भएयता वर्षाका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा परी ६७ जनाको मृत्यु हुनुका साथै १२५ जना घाइते भएका छन् । देशको पूर्वी पञ्जाब प्रान्तमा वर्षाका कारण सबैभन्दा बढी ४३ जनाको मृत्यु हुनुका साथै ८२ जना घाइते भएको
२३ असार, एजेन्सी । इक्वेडरको राजधानी क्विटोमा रहेको विश्वकै सबैभन्दा अग्लो पर्यटकीय केबुलकारमा करिब १० घण्टासम्म फसेका दर्जनौँ मानिसलाई उद्धार गरिएको छ । क्विटो नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै अग्निनियन्त्रक र प्रहरी सम्मिलित अभियानपछि ७५ जनालाई ‘सुरक्षित र स्वस्थ’ अवस्थामा उद्धार गरिएको जनाएको छ । विद्युतीय समस्याका कारण प्रणाली अवरुद्ध
२३ असार, एजेन्सी । संयुक्त राज्य अमेरिकामा जुन महिनामा भर्तीमा सुस्तता आएको अमेरिकी श्रम मन्त्रालयले शुक्रबार सार्वजनिक एक रिपोर्टमा उल्लेख छ । अमेरिकामा नयाँ रोजगारीका अवसर धेरैले अपेक्षा गरेभन्दा कम सिर्जना भएको र यसले अर्थव्यवस्थामा चिसोपनको सङ्केत देखाइरहेको छ । रोजगार दरमा आएको सुस्त गतिले अमेरिकी फेडरल रिजर्भलाई केही राहत प्रदान
२३ असार, एजेन्सी । निःशस्त्रीकरण र शान्ति स्थापनाका निम्ति लामो सयम योगदान गरेका स्पेनी विद्वत् समूहका विज्ञ पेरे ओर्टेगाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) युरोपको शान्तिको लागि बाधक भएको बताएका छन् । सिन्ह्वासँगको विशेष अन्तर्वार्तामा उनले नाटोको निरन्तर अस्तित्वको अर्थ युरोपमा दिगो शान्ति बहालीका निम्ति बाधक भएको बताए । “इयूको
२२ असार ,मस्को । मध्य रुसी क्षेत्र समारामा रहेको एउटा बारुद कारखानामा भएको विष्फोटमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य दुई जना घाइते भएका छन् । रुसी समाचार एजेन्सीहरूका अनुसार चपाएभास्क शहरको प्रमिश्तेञ्ज प्लान्टमा विस्फोट हुँदा आठ जना घाइते भएकामा छ जनाको तत्काल मृत्यु भएको हो । आरआईए नोवोस्ती
२२ असार, काठमाडाैँ । फेसबुक म्यासेन्जरमा समस्या देखिएको छ । अहिले म्यासेन्जरमा फोटो कसैलाई पठाउन नमिल्ने समस्या देखिएको हो । अनलाइन साइटहरू क्र्यास भएको रिपोर्ट गर्ने डाउन डिटेक्टरले अहिले म्यासेन्जरको यो समस्याबारे थुप्रै रिपोर्टहरू देखिएको जनाएको छ । तर, फेसबुकले यस समस्याबारे केही भनेको छैन ।
२२ असार, एजेन्सी । पाकिस्तानको मार्तुङ खास शाङ्गला जिल्लामा बालुवाको ढिस्कोमा पुरिएर आठ जना बालबालिकाको मृत्यु भएको छ । क्रिकेट खेलिरहेका बालबालिकामाथि बालुवाको ढिस्को खस्दा उक्त हताहति भएको उद्धारकर्मीलाई उद्धृत गर्दै एआरवाई न्युजले जनाएको छ । एक जना बालकलाई जीवित उद्धार गरिएको तथा अन्य एक जनाको खोजी भइरहेको छ । दुर्घटनाका
२२ असार, एजेन्सी । विश्वका विभिन्न मुलुकमा नवीकरणीय ऊर्जा उद्योगमा प्रयोग हुने खनिजमा लगानी गरेका चिनियाँ कम्पनीहरूमाथि मानवअधिकार एवम् वातावरणीय दुरुपयोगको आरोप लागेको छ । विश्वका १८ देशका खनिज उद्योगमा लगानी गरेका चिनियाँ कम्पनीमाथि करिब दुई वर्षको अवधिमा एक सयभन्दा बढी मानवाधिकार र वातावरणीय दुरुपयोगको आरोप लागेको हो । अन्तरराष्ट्रिय गैरसरकारी