Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा


काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विषेश महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवै फेर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भदौ अन्तिम साता भएको जेनजी विद्रोहपछि मुलुकमा ठूलो परिवर्तन भएको उल्लेख गर्दै उक्त परिवर्तन हुनुमा पार्टीको भुमिका कस्तो रह्यो भन्नेबारे विश्लेषण गर्नका लागि नीति र नेतृत्व बदल्नु जरुरी रहेको बताउनु भयो । उहाँले पार्टी विधानको पालनाको गर्दा पार्टीलाई विभाजनतर्फ लैजान्छ भन्ने कुराको हौवा किन पिटिराखेको ? भन्दै पार्टीको संस्थापन पक्षलाई प्रश्न समेत गर्नुभयो । उहाँले महाधिवेशनको लागि ५४ प्रतिशत सदस्यको हस्ताक्षर र उनीहरूले राखेको प्रस्ताव फिर्ता नहुने समेत स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘भदौ २२ गतेको नेपाल र भदौ २५ गतेको नेपाल एउटै होइन । त्यसकारण महाधिवेशन माग गर्नेहरुले भदौ २३ र ३४ पछाडि ठुलो परिवर्तन भयो । यो परिवर्तन किन भयो ? कसरी भयो ? यसमा हाम्रो भूमिका के रह्यो ? कहाँ सही, कहाँ गलत भयो ? यो सबैको विश्लेषण गरौँ । नीति पनि फेरौँ । नेता पनि फेरौँ । त्यसका निम्ति अधिवेशन गरौँ । नियमित महाधिवेशन मंसिरमा हुन नसकेपछि विशेष महाधिवेशन मागेको हो नि त ।’

उहाँले पार्टीमा युवा महामन्त्री आएपछि आफूहरुलाई कहिल्यै पनि स्वीकार नगरिएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । उहाँले पार्टीका कार्यवाहक सभापति पुर्णबहादुर खड्कामार्फत सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको निमन्त्रण सन्देश पठाएको पनि जानकारी दिनुभयो ।


प्रकाशित मिति: २४ पुष २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?