Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

भारतको दिल्लीस्थित दक्षिण एशियाली विश्वविद्यालयमा मनाइयो नेपाली संविधान दिवस


भारत। भारतको दिल्लीस्थित दक्षिण एशियाली विश्वविद्यालयमा विविध कार्यक्रम गरी नेपाली संविधान दिवस मनाइएको छ ।

सार्क देशका विद्यार्थीहरु अध्ययनरत दक्षिण एशियाली विश्वविद्यालयमा यस वर्षदेखि औपचारिक कार्यक्रम गरी दिवस मनाउन शुरु गरिएको हो । कार्यक्रममा दिल्लीस्थित नेपाली राजदुतावासका नियोग उपप्रमुख डा. सुरेन्द्र थापा, विश्वविद्यालयका अध्यक्ष डा केके अग्रवालको उपस्थिति रहेको थियो ।

नेपालको झण्डा फहराएपछि औपचारिक रुपमा शुरु भएको कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक डा. युवराज पोख्रेलले देशमा लागू भएको संविधानको संक्षिप्त परिचय दिएका थिए  । समारोहमा नियोग उपप्रमुख डा सुरेन्द्र कार्कीले विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी, प्राध्यापक एवं गैर शिक्षण स्टाफहरुलाई नेपाली राष्ट्रिय दिवसको शुभकामना दिँदै विश्वविद्यालयमा यस वर्षदेखी नेपालको राष्ट्रिय दिवस एंव संविधान  दिवस मनाउन शुरु गरेकोमा विश्वविद्यालयलाई धन्यवाद ज्ञापन गरेका छन् ।

त्यसैगरी विश्वविद्यालयका अध्यक्ष डा. केके अग्रवालले विश्वविद्यालयले यसरी कुनै देशको राष्ट्रिय दिवस मनाउने दक्षिण एशियाली विश्वविद्यालय पहिलो भएको र आफूले नेपाली विद्यार्थीको सिफारिस आएपछि विश्वविद्यालय स्तरमा दिवस मनाउने घोषणा गरेको बताएका छन् । समारोहमा नेपाल बाहेक भारत, भूटान र बंगलादेशका विद्यार्थीले आफ्नो देशको सांस्कृतिक प्रश्तुति दिएका थिए ।


प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?