Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

भारतको दिल्लीस्थित दक्षिण एशियाली विश्वविद्यालयमा मनाइयो नेपाली संविधान दिवस


भारत। भारतको दिल्लीस्थित दक्षिण एशियाली विश्वविद्यालयमा विविध कार्यक्रम गरी नेपाली संविधान दिवस मनाइएको छ ।

सार्क देशका विद्यार्थीहरु अध्ययनरत दक्षिण एशियाली विश्वविद्यालयमा यस वर्षदेखि औपचारिक कार्यक्रम गरी दिवस मनाउन शुरु गरिएको हो । कार्यक्रममा दिल्लीस्थित नेपाली राजदुतावासका नियोग उपप्रमुख डा. सुरेन्द्र थापा, विश्वविद्यालयका अध्यक्ष डा केके अग्रवालको उपस्थिति रहेको थियो ।

नेपालको झण्डा फहराएपछि औपचारिक रुपमा शुरु भएको कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक डा. युवराज पोख्रेलले देशमा लागू भएको संविधानको संक्षिप्त परिचय दिएका थिए  । समारोहमा नियोग उपप्रमुख डा सुरेन्द्र कार्कीले विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी, प्राध्यापक एवं गैर शिक्षण स्टाफहरुलाई नेपाली राष्ट्रिय दिवसको शुभकामना दिँदै विश्वविद्यालयमा यस वर्षदेखी नेपालको राष्ट्रिय दिवस एंव संविधान  दिवस मनाउन शुरु गरेकोमा विश्वविद्यालयलाई धन्यवाद ज्ञापन गरेका छन् ।

त्यसैगरी विश्वविद्यालयका अध्यक्ष डा. केके अग्रवालले विश्वविद्यालयले यसरी कुनै देशको राष्ट्रिय दिवस मनाउने दक्षिण एशियाली विश्वविद्यालय पहिलो भएको र आफूले नेपाली विद्यार्थीको सिफारिस आएपछि विश्वविद्यालय स्तरमा दिवस मनाउने घोषणा गरेको बताएका छन् । समारोहमा नेपाल बाहेक भारत, भूटान र बंगलादेशका विद्यार्थीले आफ्नो देशको सांस्कृतिक प्रश्तुति दिएका थिए ।


प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?