Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

म्यानमारको नेपी तावमा बाढीले ४७ हजार एकडभन्दा बढी बाली डुबायो


एजेन्सी। मध्य म्यानमारको नेपी ताव केन्द्र शासित प्रदेशमा आएको बाढीमा ४७ हजार एकडभन्दा बढी मनसुन बाली डुबानमा परेको छ ।

प्रतिवेदनका अनुसार यस सिजनमा केन्द्र शासित प्रदेशमा कुल ३ लाख ४५ हजार एकडमा मनसुन बाली खेती गरिएको थियो । तीमध्ये ४७ हजार एकडभन्दा बढी बाढीले डुबानमा परेको छ । बाढीले १७ हजार एकडभन्दा बढी बालीमा क्षति पुर्याएको र तीमध्ये ३ हजार ९ सय एकड पूर्ण रूपमा नष्ट भएको प्रतिवेदनले जनाएको छ ।

कृषि, पशुपंक्षी तथा सिंचाई मन्त्रालयले क्षतिग्रस्त बाली पुनः खेती गर्न र क्षतिग्रस्त र बाढीले बालीमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्न लगायतका राहत कार्यहरू गरिरहेको प्रतिवेदनमा उल्लेख छ । यागी आँधी र बंगालको खाडीको मनसुनी प्रभावका कारण म्यानमारका धेरैजसो भूभाग, नेपी ताव केन्द्र शासित क्षेत्र लगायतका क्षेत्रमा ठूलो बाढी आएको छ ।

सेप्टेम्बर १४ सम्म बाढीले ११० भन्दा बढी व्यक्तिको मृत्यु र ६० भन्दा बढी बेपत्ता भएका छन् ।


प्रकाशित मिति: १ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?