Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

म्यानमारको नेपी तावमा बाढीले ४७ हजार एकडभन्दा बढी बाली डुबायो


एजेन्सी। मध्य म्यानमारको नेपी ताव केन्द्र शासित प्रदेशमा आएको बाढीमा ४७ हजार एकडभन्दा बढी मनसुन बाली डुबानमा परेको छ ।

प्रतिवेदनका अनुसार यस सिजनमा केन्द्र शासित प्रदेशमा कुल ३ लाख ४५ हजार एकडमा मनसुन बाली खेती गरिएको थियो । तीमध्ये ४७ हजार एकडभन्दा बढी बाढीले डुबानमा परेको छ । बाढीले १७ हजार एकडभन्दा बढी बालीमा क्षति पुर्याएको र तीमध्ये ३ हजार ९ सय एकड पूर्ण रूपमा नष्ट भएको प्रतिवेदनले जनाएको छ ।

कृषि, पशुपंक्षी तथा सिंचाई मन्त्रालयले क्षतिग्रस्त बाली पुनः खेती गर्न र क्षतिग्रस्त र बाढीले बालीमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्न लगायतका राहत कार्यहरू गरिरहेको प्रतिवेदनमा उल्लेख छ । यागी आँधी र बंगालको खाडीको मनसुनी प्रभावका कारण म्यानमारका धेरैजसो भूभाग, नेपी ताव केन्द्र शासित क्षेत्र लगायतका क्षेत्रमा ठूलो बाढी आएको छ ।

सेप्टेम्बर १४ सम्म बाढीले ११० भन्दा बढी व्यक्तिको मृत्यु र ६० भन्दा बढी बेपत्ता भएका छन् ।


प्रकाशित मिति: १ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?