Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

मस्कोमा गोली चल्दा २ जनाको मृत्यु, ७ जना घाइते


एजेन्सी। रुसी अनलाइन रिटेलर वाइल्डबेरीजको कार्यालयमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ । साथै ७ जना घाइते भएको रुसी अनुसन्धान समितिले जनाएको छ ।

प्रारम्भिक जानकारीका अनुसार मस्कोको रोमानोभ लेनमा रहेको वाइल्डबेरीको कार्यालयमा गोली हानाहान भएको अनुसन्धान समितिले जनाएको छ । घटनास्थलमा पुगेका दुई कानून प्रवर्तन अधिकारीसहित सात जना घाइते भएका छन् । घाइते भएका दुई जनाको मृत्यु भएको छानबिन समितिले जनाएको छ ।

रुसको सबैभन्दा ठूलो अनलाइन रिटेलर वाइल्डबेरीजको स्वामित्व रुसी उद्यमी र खुद्रा विक्रेताका संस्थापक र सीईओ तात्याना बाकालचुकको छ । उनका पति भ्लादिस्लाव बाकालचुकको सह–स्वामित्व छ । २० देखि ३० जनाको समूह घटनास्थलमा आइपुग्यो र कार्यालय रहेको व्यापार केन्द्रको प्रवेशद्वारमा झ्यालहरू तोड्न थाले र केही समयपछि बन्दुकबारी शुरु भयो ।

गोलीबारीका कारण झन्डै ३० जनालाई हिरासतमा लिइएको कानून प्रवर्तन निकायले जनाएको छ ।


प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?