Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

मस्कोमा गोली चल्दा २ जनाको मृत्यु, ७ जना घाइते


एजेन्सी। रुसी अनलाइन रिटेलर वाइल्डबेरीजको कार्यालयमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ । साथै ७ जना घाइते भएको रुसी अनुसन्धान समितिले जनाएको छ ।

प्रारम्भिक जानकारीका अनुसार मस्कोको रोमानोभ लेनमा रहेको वाइल्डबेरीको कार्यालयमा गोली हानाहान भएको अनुसन्धान समितिले जनाएको छ । घटनास्थलमा पुगेका दुई कानून प्रवर्तन अधिकारीसहित सात जना घाइते भएका छन् । घाइते भएका दुई जनाको मृत्यु भएको छानबिन समितिले जनाएको छ ।

रुसको सबैभन्दा ठूलो अनलाइन रिटेलर वाइल्डबेरीजको स्वामित्व रुसी उद्यमी र खुद्रा विक्रेताका संस्थापक र सीईओ तात्याना बाकालचुकको छ । उनका पति भ्लादिस्लाव बाकालचुकको सह–स्वामित्व छ । २० देखि ३० जनाको समूह घटनास्थलमा आइपुग्यो र कार्यालय रहेको व्यापार केन्द्रको प्रवेशद्वारमा झ्यालहरू तोड्न थाले र केही समयपछि बन्दुकबारी शुरु भयो ।

गोलीबारीका कारण झन्डै ३० जनालाई हिरासतमा लिइएको कानून प्रवर्तन निकायले जनाएको छ ।


प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?