Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु


एजेन्सी। दक्षिण कोरियाको पश्चिमी तटमा माछा मार्ने डुङ्गा पल्टिँदा तीन जना नाविकको मृत्यु भएको छ । ३५ टन वजनको माछा मार्ने जहाज पश्चिमी बन्दरगाह शहर गुन्सानमा पल्टिएको थियो ।

दुर्घटनाग्रस्त जहाजमा सवार सबै आठ नाविकको उद्धार गरिएको थियो । तर एक कप्तान सहित तीन जनाको हृदयघातका कारण अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । तीन भियतनामी र दुई इण्डोनेसियालीसहित बाँकी पाँच नाविकहरूको स्वास्थ्य समस्या नभएको बताइएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले दुर्घटनाको रिपोर्ट प्राप्त गरेपछि तत्कालै महासागर तथा मत्स्यपालन मन्त्री र तटरक्षक प्रमुखलाई सबै उपलब्ध कर्मचारी र उपकरण परिचालन गरी उद्धार गर्न निर्देशन दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?