Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु


एजेन्सी। दक्षिण कोरियाको पश्चिमी तटमा माछा मार्ने डुङ्गा पल्टिँदा तीन जना नाविकको मृत्यु भएको छ । ३५ टन वजनको माछा मार्ने जहाज पश्चिमी बन्दरगाह शहर गुन्सानमा पल्टिएको थियो ।

दुर्घटनाग्रस्त जहाजमा सवार सबै आठ नाविकको उद्धार गरिएको थियो । तर एक कप्तान सहित तीन जनाको हृदयघातका कारण अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । तीन भियतनामी र दुई इण्डोनेसियालीसहित बाँकी पाँच नाविकहरूको स्वास्थ्य समस्या नभएको बताइएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले दुर्घटनाको रिपोर्ट प्राप्त गरेपछि तत्कालै महासागर तथा मत्स्यपालन मन्त्री र तटरक्षक प्रमुखलाई सबै उपलब्ध कर्मचारी र उपकरण परिचालन गरी उद्धार गर्न निर्देशन दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?