Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा


एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा

काठमाडौँ । कानून न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा एउटा कानून बनाउन पाँच वर्ष लगाउनेहरुलाई भोट नदिन आग्रह गर्नुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले बिहीवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले जनताप्रति उत्तरदायी र जिम्मेवारीवोध भएका जनप्रतिनिधि चुन्न आग्रह गर्नुभयो । जेन–जी आन्दोलनले योग्य जनप्रतिनिधि छान्ने मौका दिएको उहाँको भनाई छ । उहाँले हाल एउटा कानून बनाउन ५ वर्ष र प्रत्यायोजि विधायन बनाउन अर्को ५ वर्ष लगाउने जनप्रतिनिधि हुँदा समस्या भएको बताउनु भयो । उहाँल् फागुन २१ गते निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गर्नुभयो । उहाँले फेरि पनि पाँच जना व्यक्तिको ईसारामा कानून बनाउनेलाई भोट दिएमा अर्को १० वर्षमा पनि देश यही स्थितिमा रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो एउटा कानुन बनाउन ३ वर्षको ठाउँमा ५ वर्ष लगाउने हाम्रा प्रकृतिका हाम्रा जनप्रतिनिधि, त्यसको प्रत्यायोजित विधायन बनाउनको निम्ति अर्को ५ वर्ष लगाउने जनप्रतिनिधिहरु, यस्ता प्रतिनिधिहरुलाई तपाई फेरि भोट खसाल्न जानुहुन्छ भने तपाईहरुको हात काम्नुपर्छ । चुनावमा अब कमसेकम यो अवरनेश भएको र तपाईहरुलाई डेलिभर गर्नसक्ने र जनतासंग पुग्नसक्ने जनप्रतिनिधिहरुलाई तपाईहरुले अब चुन्नुस्, यो मौका अब तपाईहरुलाई आएको छ । जेनजी आन्दोलनले यो मौका दिएको छ । मैले तपाईहरुलाई भने समयमा चुनाव गर्नुपर्छ, सरकार निर्वाचन गर्न प्रतिवद्ध छ । अबको समय भनेको ५ जनाले ताली बजाउ भनेर भन्नासाथै ताली बजाएर कानुन पारित गर्ने व्यक्तिलाई चुनेर पठाउनुभयो भने १० वर्ष पछि हामीले कुरा गर्दाखेरी यही ठाउँमा फर्केर आइराखेका हुन्छौँ ।’

उहाँले आवश्यकताका आधारमा कानून निर्माणमा प्राथमिकता दिनुपर्ने पनि बताउनु भयो । उहाँले कानून बनाउँदा बाझिने खालको कानून बनाउन नहुनेमा पनि जोड दिनुभयो ।


प्रकाशित मिति: २४ पुष २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?